The Mirror Desk,
काठमाडौँ, सबैको अनुमानलाई सहि साबित गर्दै नेपालकी छोरी बलिउड अभिनेत्री मनिषा कोइराला अब राजनीतिमा सक्रिय हुन थालेकी छिन्। उनीसहित रमेश खरेल तथा भरत बस्नेत लगायतको समूहले मंगलबार एउटा अभियानको घोषणा गर्ने अपेक्षा गरिएको छ। मनीषा आफैंले पनि ट्विट गर्दै पत्रकार सम्मेलनमा उपस्थित हुन सम्पूर्ण नेपालीहरुमा आग्रह गरेकी छन्।

नेपाली राजनीतिकी केन्द्रबिन्दुमा रहने कोइराला परिवारकी एक सदस्य मनिषाले पूर्वडिआईजी रमेश खरेलले चलाइरहेको हाम्रो नेपाल र सुशासन अभियानमा ऐक्यवद्धता जनाउने भएकी छन्। उनि निकट स्रोतका अनुसार पछिल्लो केही दिन उनि विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, लेखक र पत्रकारसँग परामर्शमा ब्यस्त छन्।

आगामी पुस २७ गते पृथ्वी जयन्ती भव्य रूपमा मनाउन कोइरालासहित पूर्वडिआइजी रमेश खरेल र भरत बस्नेतले संयुक्त रुपमा आह्वान समेत गरेका छन्।
[ref-onlinenews]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–