Gandaki and Far-Western Chiefs dismissed by cabinet meeting

मन्त्रिपरिषद बैठकद्वारा गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख बर्खास्त

National News News

The Mirror Desk

नेपाल सरकारको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

अमिक शेरचन र शर्मिला त्रिपाठी दुवै जना माओबादीका नेताहरु हुन्।

त्यस्तै मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ।

नवनियुक्त प्रदेश प्रमुखको राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ।

अब सातै प्रदेश प्रमुखहरुमा प्रधानमन्त्री के पी ओली निकट व्यक्तिहरु रहेका छन्।

पदमुक्त भएपछि प्रदेश प्रमुख निवासमा पत्रकार भेटघाटको मार्फत अमिक शेरचनले प्रधानमन्त्री केपी ओलीले प्रदेश प्रमुखमा आफुलाई प्रस्ताव गर्दा आफूले उक्त पद अस्वीकार गरेको पनि बताए। तर पछि पार्टीले निर्णय गरेपछि बाध्यताले प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको बताए।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *