jhakri

मन्त्री झाँक्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

National News News

The Mirror

निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले जनाएको छ।

आयोग स्रोतले भन्यो, ‘आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन, उहाँ निर्वाचन आयोगसँग अनुमति त परैको कुरा, कुनै जानकारी पनि नदिई भ्रमणमा जानुभएको देखियो’।

मन्त्री झाँक्रीको विषयमा उजुरी परेपछि आयोगले अध्ययन गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनी विदेश भ्रमणमा गएको पुष्टी भएपछि स्पष्टीकरण सोधेको आयोग स्रोतको भनाइ छ।

आयोगले पठाएको स्पष्टीकरणको जवाफ मन्त्री झाँक्रीले दिएको आयोग स्रोतले बतायो तर जवाफ आयोगले खोलिसकेको छैन। जवाफ चित्तबुझ्दो नभए आयोगले उनलाई बोलाएर स्पष्टीकरण सोध्न सक्नेछ।

निर्वाचन आयोगले आयुक्त रामप्रसाद भण्डारीलाई आचारसंहिता अनुगमन र पालना हेर्ने जिम्मेवारी तोकेको छ।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *