‘कति भाग्यमानी, मन्त्री पद गुमाएको दुई दिनमै फेरी मन्त्री’

National News News

The Mirror Desk,

सांसद पद खारेज भएर पुनर्नियुक्ति पाएका चार मन्त्रीले शपथ लिएका छन्। सांसद बनेको दल नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा (एमाले) प्रवेश गरेका चार मन्त्रीले सांसद पद खारेज भएको दोस्रो दिन पुनर्नियुक्ति पाएका थिए।

माओवादीले दल त्याग गरेका सांसदहरूको पद खारेजीका लागि संसद् सचिवालयलाई पत्र लेखेको थियो। उक्त पत्रअनुसार चारैजनाको सांसद पद बिहीबार खारेज भएको थियो। सर्वोच्च अदालतको फैसलाले केपी ओली र प्रचण्डले नेतृत्व गरेको (नेकपा) खारेज गरेको थियो। उक्त फैसला पछि नेकपा एमाले र माओवादी केन्द्र ब्युतियका थियो।

मन्त्रीको शपथ लिएपछि तिनै जना संवैधानिक प्रावधान अनुसार ६ महिना मात्रै मन्त्री बन्न पाउनेछन्। सांसद् नभएको व्यक्ति ६ महिनामात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार पद तथा गोपनियताको शपथ लिएका हुन्।

[ref-kantipur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

4 thoughts on “‘कति भाग्यमानी, मन्त्री पद गुमाएको दुई दिनमै फेरी मन्त्री’

  1. This is mad job these are mad leaders they don’t feel what they have to do for Nation and people that’s way most of the nepalese people are frosted with leaders,because they just became selfish ,so people started to think politics is dirty game,like these nonsense leaders are responsible for making policies dirty.

  2. This is mad job these are mad leaders they don’t feel what they have to do for Nation and people that’s way most of the nepalese people are frosted with leaders, because they just became selfish, so people started to think politics is dirty game, like these nonsense leaders are responsible for making dirty policies.

    1. Thank you so much for your valuable comment and support. Please stay with our site for updates around the country and the globe. Welcome your valuable comments and feedback

Leave a Reply

Your email address will not be published. Required fields are marked *