Prachanda

‘मलाई पनि प्रधानमन्त्री बन्ने अफर आएको छ’:- प्रचण्ड

National News News

The Mirror

स्थानीय तह निर्वाचन सकिएपछि दलको ध्यान आउँदै गरेको निर्वाचनतिर गएको छ। ठिक यही बेला सत्ता गठबन्धन नै अघि बढ्छ या यो भत्किएर अर्काे पुनः वाम गठबन्धन बन्छ भन्नेतर्फ धेरैको चासो देखिन थालेको छ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा सत्ता गठबन्धनको एक घटक नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेसमा पनि अहंकार बढे एमालेलाई जस्तै ठेगान लगाईदिने चेतावनी दिएपछि उनको आलोचना भएको छ।

एक प्रश्नको जबाफमा उनले भने, ‘नआएको होइन, प्रत्यक्ष–परोक्ष कुराहरू आइरहेकै छन, प्रधानमन्त्री बन्ने अफर आएको छ तर म एकदम क्लियर छु, अहिले प्रधानमन्त्रीको रेसमा छैन, जसरी हिजो पनि थिइनँ, वाम गठबन्धनको बेलामा पनि मलाई अफर आउँदा सरी अहिले प्रधानमन्त्री हुन्न भनेको हुँ, अहिले पनि भन्न आउनेलाई धन्यवाद, तर सरी भनिराख्या छु’।

एक प्रसङ्गमा उनले भने, ‘ कांग्रेस पनि उतापट्टि अप्ठ्यारो पर्दा माओवादी खोज्दै आउने हो, अरूलाई पनि अप्ठ्यारो परे माओवादी खोज्दै आउँछन, हिजो एमाले पनि अप्ठ्यारो पर्दा हामीलाई खोज्दै आएको हो’।

उनले एमालेको मूल नेतृत्वले आत्मालोचना गर्ने, आत्मसमीक्षा गर्ने वा गल्ती भयो भन्ने कहीं कतै संकेत नदेखिएको बताए। यो परिस्थितिमा यो गठबन्धन छोडेर फेरि अर्को गठबन्धन बनाउनेतिर आफु नभएको पनि स्पस्ट पारे।

स्थानीय चुनावबारे उनले भने, ‘ ठाउँ–ठाउँमा एमालेसँग मिलेर माओवादीलाई कमजोर पार्न त कांग्रेसले पनि खोज्यो, फेरि पनि त्यस्तै गर्नुभयो वा कांग्रेसले माओवादीलाई लखेट्नैपर्छ भन्ठान्यो भने त्यो बेलाको परिस्थिति के होला भन्न सकिंदैन किनकि राजनीतिलाई सम्भावनाको खेल पनि भनिन्छ, असम्भव भन्ने केही हुँदैन’।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *