there is a strong possibility of return of the monarchy

‘मलाई विशेष शुत्रबाट थाहा भए अनुसार राजसंस्था फर्किने सम्भावना प्रबल छ’:- डा. बाबुराम भट्टराई

National News News

The Mirror Desk

राजनीतिक पार्टीहरुले देश, सरकार र राज्य संचालन गर्न नसक्दा उनीहरु प्रति नेपाली जनताको बिस्वास गुम्दै गएको छ।

राजनीतिक दलहरुको यो असफलता संगै देशमा राजतन्त्रको आबस्यक परेको हो कि भन्ने बिचार निकै उठ्न थालेको छ। केहि महिना अगाडी मात्र राजतन्त्रको समर्थमा ठुला ठुला र्यालीहरु पनि हामीले देखिका थियौ।

राजतन्त्रको आबास्यकता अब केबल जनताले मात्र नभई प्रमुख पार्टीका नेताहरु र पूर्व प्रधानमन्त्रीहरु बाट पनि आउन थालेको छ।

यसै क्रममा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद‍् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको दाबी गरेका छन्।

एक टिभी सम्बादका क्रममा पूर्व प्रधानमन्त्री भट्टराईले आफूले पाएको उक्त गम्भीर सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको पनि बताए।

त्यो सूचना के हो भन्ने स्पस्ट नखुलाएका भट्टराईले कुनै दिन यथार्थ बाहिर ल्याउने तर अहिले बेला नभएको उल्लेख गरेका छन्। हिमालय टेलिभिजनको एक कार्यक्रममा भट्टराईले भन्न खोजेको कुरा अब नेपालमा राजतन्त्र नै आउन लागेको हो भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ।

केहि महिना अगाडी डा. बाबुराम भट्टराईले पूर्ण राजा बिना देशको बिकास र निकास सम्भब नभएको पनि बताएका थिए। उनले स्पस्ट शब्दमा पूर्ण राजा र राजनीतिक पार्टीहरु मिलेर अगाडी बढ्नुको बिकल्प नरहेको पनि जनाएका थिए।

उनले राजतन्त्रको आबास्यकताको बारेमा बोलेको यो भिडियो हेर्नुहोस

यो भिडियो हेर्नुहोस

देशमा राजा चाहिन्छ:- डा. बाबुराम भट्टराई

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *