‘मस्क’ काे चीनलाई चेतावनी, यदि जासूसीको प्रमाण भेटिए टेस्ला कार नै बन्द गर्छु’

Business Science & Technology

E.SHARMA,

अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाका सिइओ एलोन मस्क ले चीनलाई कडा जवाफ दिएका छन्। मस्कले टेस्लाको कारको प्रयोग जासूसीका लागी भएको पाइएमा कम्पनीनै बन्द गर्ने जनाएका छन्।

उनको यो प्रतिक्रिया चीनकाे सेनाले आफ्नो परिसरमा टेस्लाको कारलाई प्रतिबन्ध गरेको र ति कारहरु जासुसीको लागी बनाइएको भनि आएका रिपोर्टका आधारमा दिएका हुन्।

मस्कले एक भिडियोमा बोल्दै आफूहरुसँग कुनै पनि सूचनाहरुलाई अत्यन्त गोप्य राख्नुका विविध कारण हुने बताएका छन्। उनले चीन वा अन्य कुनै स्थानमा र कुनै पनि सवारी साधन जासूसी गर्नका लागि प्रयोग भएको पाइएमा टेस्ला उत्पादन नै बन्द गर्ने समेत घोषणा गरेका छन्।

चिनियाँ सेनाले टेस्लाका कारमा जडान गरिएको क्यामरामा आपत्ति जनाउँदै आफ्नो परिसरमा टेस्लाको कार प्रवेश गर्न प्रतिबन्ध गरेको छ। ती क्यामरा सुरक्षाका दृष्टिकोणले असुरक्षित भएको भन्दै सेनाले त्यसो गरेको हो।

(pic-bbc)

गत वर्ष टेस्लाले चीनमा एक लाख ४७ हजार ४४५ कार बिक्री गरेको थियो। चीन र अमेरिकाका अधिकारीबिच वार्ता भइरहेको समयमा प्रतिबन्ध लगाइएको रिपोर्टहरु सार्वजनिक भएका हुन्।

मस्कले विश्वका दुई ठुला अर्थतन्त्र भएका देश अमेरिका र चीनले एकआपसमा विश्वास पुन: स्थापित गर्न आग्रह गरेका छन्। यस बाहेक मस्कले क्वांटम फिजिक्ससँग सम्बन्धित चिनका विज्ञहरुसँग पनि छलफल गरे।

[ref-bbc]

अन्तमा यो महत्त्वपूर्ण भिडियो पनि हेर्नुहोस

जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’

उनले बोलेको कुरा यो भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *