People will never forgive those who plundered the country even during the epidemic

‘महामारीका बेला पनि देश लुट्नेहरुलाई जनताले कहिलै क्षमा गर्ने छैनन्’:-पूर्वराजा

National News News

The Mirror Desk

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो बिग्रदो राजनीतिक घटनाहरु प्रति आक्रोश व्यक्त गरेका छन। प्रतिनिधि सभा विघटनले देश अझै पनि दुर्घटनातर्फ गएकाे उनकाे टिप्पणी छ।

जनताको स्वास्थ्य समस्यालाई वास्ता नगरी महामारीको कठिन बेलामा पनि सत्ता र शक्तिको भरमा देशलाई दुर्घटनातर्फ धकेलेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन।

सामाजिक सञ्जाल मार्फत उनले यस्तो आक्रोश ब्यक्त गरेका हुन।

शाहले लेखेका छन…

यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन’

[ref-news24]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *