biplav

‘महासचिव विप्लव आफ्नै पार्टीबाट निष्काशित’

National News News

The MIrror

नेकपाले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई कारवाही गरेको छ।

बुधबारदेखि चितवनमा जारी विशेष राष्ट्रिय भेलाले महासचिव विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पार्टी बाट हटाउने निर्णय गरेको छ।

पार्टीको बहुमत केन्द्रिय सदस्यहरुको बैठकले बास्तोलालाई संयोजक तोकेको छ। पार्टीका सल्लाहकार समिति अध्यक्ष असारे काकाले विप्लवलाई महासचिवबाट निष्कासन गर्ने प्रस्ताव पेश गरेका थिए।

यसअघि विप्लवले वक्तव्य वाजी गरेको भन्दै बास्तोला र ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो। गत बैशाख १२ मा धर्मेन्द्रले पार्टीको नीति विपरीत केन्द्रीय नेताहरूले नै चुनावमा उम्मेदवारी दिएको भन्दै त्यो फिर्ता लिन आहृवान गरेका थिए।

बास्तोला र ओली स्थानीय चुनाव बहिष्कार गर्नुपर्ने पक्षमा छन् भने विप्लव स्वतन्त्र र देशभक्त उम्मेदवारलाई समर्थन गर्नुपर्ने रणनीतिमा छन्। विप्लव नेतृत्वको नेकपाको कपिलवस्तुमा फागुनमा भएको भेलाबाट सो पार्टी विभाजन उन्मुख छ।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *