nepali congress

‘माओबादिको घात र पार्टीको अन्तर्घातले १२० सिट गुम्यो’:-कांग्रेस

National News News

The Mirror

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन प्रभावकारी नभएको निष्कर्ष निकालेको छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको कांग्रेसले गठबन्धन प्रभावकारी नहुँदा र पार्टीभित्रको अन्तर्घातले १२० सिट कम आएको अन्तिम निष्कर्ष निकालेको हो।

स्थानीय तहको निर्वाचनको अनुमगन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न बनेको उपसमितिका संयोजक केन्द्रीय सदस्य प्रदीप पौडेलले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै गठबन्धन प्रभावकारी नभएको बताए।

‘तालमेल बलियो बनेको भए र पार्टी भित्रको समस्या समाधान गर्न सकेको भए ४५० स्थानमा कांग्रेसले जित्ने थियो’ उनले भने । गठबन्धनमा रहेका दलहरुले निर्वाचन पश्चात प्राप्त मत परिणाममा असन्तुष्टि जनाएकाले संघ र प्रदेशमा तालमेलको हुनेमा आशंका रहेको पौडेलको भनाइ छ।

तालमेल प्रभावकारी हुन नसकेका स्थान र अन्तर्घात कहाँ कहाँ भएको भन्ने विषयमा प्रतिवेदनमा खुलाइएको छैन।

अन्तर्घातका कारण र आन्तरिक समस्या समाधान गर्ने विधि समेत उल्लेख गरी मूल प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ।

७५३ पालिकामध्ये सत्तारुढ दलहरुबीच ३२४ वटामा तालमेल भएको कांग्रेसले जनाएको छ। यीमध्ये २०९ वटामा कांग्रेसले प्रमुख पदको उम्मेदवार पाएको थियो, जसमध्ये १२८ वटा जितेको छ। तालमेल भएका स्थानीय तहमध्ये प्रमुखमा ६१ प्रतिशत र उपप्रमुखमा ७४ प्रतिशत निर्वाचित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *