‘एमाले प्रवेश गरेका चार पूर्व माओबादी नेताको मन्त्री र सांसद पद गुम्यो ‘

National News News

The Mirror Desk,

प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले दिएको जानकारी अनुसार नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद गुमेको छ। पद गुम्नेहरुमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी छन्।

सभामुख अग्नि सापकोटाले दिएको जानकारी अनुसार अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको छ। चारै जना माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनीहरु साबिकको नेकपा विभाजित हुँदा अध्यक्ष एवं प्रधानमन्त्री ओली केपी शर्मा ओलीतिर लागेका थिए।

यसबारे माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ प्रभु साहले मात्र दिएका थिए। साहको जवाफ चित्तबुझ्दो नभएको र अरुले जवाफ नदिएको भन्दै माओवादी केन्द्रले उनीहरुलाई दलबाट निश्कासनको कारबाही गरेको थियो। संसदीय दलका नेता प्रचण्डले चार सांसदले दल परित्याग गरेकाले उनीहरुलाई पार्टीबाट निस्कासन गरिएको जानकारी गराएका थिए।

“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond ”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *