nepal

माओबादी २६ जिल्लामा शुन्य

National News News

The Mirror

स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारि छ र करिब करिब अन्तिम चरणमा छ। अहिलेसम्म ७१५ स्थानीय तहको मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ भने अब पाँच महानगरपालिकासहित ३८ स्थानीय तहको परिणाम आउन बाँकी छ।

यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले ३१४ स्थानमा प्रमुख जितेको छ। कांग्रेसले विगतभन्दा ४८ स्थानमा बढी जितेको हो।

अहिलेसम्मको परिणाम अनुसार, माओवादी केन्द्रले २६ जिल्लामा कुनै पनि पालिकाको प्रमुख पदमा जित्न सकेन।

माओवादी केन्द्रले जित्न नसकेका २६ मध्ये १४ जिल्लामा उपप्रमुख पदमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएनन। इलाम, झापा, सुनसरी, पर्सा, महोत्तरी, काठमाडौं, चितवन, रसुवा, कास्की, नवलपरासी पूर्व, मुस्ताङ, स्याङ्जा, रुपन्देही र बाजुरा गरी १४ जिल्लामा प्रमुख र उपप्रमुख दुवै पदमा माओवादी केन्द्र नील भएको छ।

त्यसै गरी , तेह्रथुम, धनकुटा, मोरङ, संखुवासभा, भक्तपुर, ललितपुर, पर्वत, मनाङ, म्याग्दी, लमजुङ, अर्घाखाँची, कपिलवस्तुमा प्रमुख पदमा जितेको छैन।

नेकपा एमालेले १९३, माओवादी केन्द्रले १२०, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा)ले २९ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १४ स्थानमा जितेका छन।

०७४ को निर्वाचनमा २९४ स्थानीय तह जितेको एमालेले यसपटक १०१ सीट गुमाएको छ भने माओवादी केन्द्रले विगतभन्दा १४ स्थान बढी जितेको छ।

[ref-kantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *