Narayankaji shrestha

माओवादीकाे वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ लगभग निश्चित, अरु को को?

National News News

The Mirror

गएको पुसमा महाधिवेशन सम्पन्न भए पनि माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन।

काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुङ्गो लगाउने अनुमान गरिए पनि पदाधिकारीको विषयमा बैठकले निर्णय गर्न असफल भयो।

आकाङ्क्षी धेरै भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नाम टुङ्गो लगाउन निकै मुस्किल परेको छ। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने पक्काजस्तै भए छ।

वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर महराले दाबी छाडेको र मातृका यादवको दाबीलाई स्वाभाविक रूपमा लिएर नारायणकाजीलाई नियुक्त गर्नुको विकल्प नरहेको प्रचण्डको भनाइ छ।

यसैबीच नेकपा माओवादी केन्द्रको स्थायी कमिटी ४१ सदस्यीय हुने भएको छ। बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीका सदस्यको एक तिहाइसम्म स्थायी कमिटी सदस्य बनाउन सकिने विधानमा भएको व्यवस्था अनुसार ४१ सदस्यीय स्थायी कमिटी हुने जानकारी दिए।

प्रचण्डले आफूसहित नारायणणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत र हरिबोल गजुरेलको नाम टुङ्गिएको र बाँकीको पनि चाँडै टुङ्ग्याउने बताए।

यसैबीच माओवादीको पोलिटब्युरो कमिटी एक सय ५६ सदस्यीय हुने भएको छ। बैठकमा अध्यक्ष प्रचण्डले यसअघि एक सय २५ जनाको नाम वाचन गरेका थियो।

तर पार्टीमा लामो समय योगदान गरेका नेताहरूको नाम पोलिटब्युरोमा समावेश नभएको भन्दै विरोध भएपछि प्रचण्डले एक सय २५ जना पोलिटब्युरो सदस्य रहने र बाँकी ३१ जना वैकल्पिक सदस्यको रूपमा रहने भन्दै विवाद मिलाए।

[ref-ujyaaloonline]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *