chaukune

‘माओवादीको गठबन्धन, चुनाब अघि कांग्रेससँग, चुनाब जितेपछि एमालेसँग’

National News News

The Mirror

सुर्खेतको चौकुने गाउँपालिकामा कांग्रेससँग गठबन्धन गरी अध्यक्ष जितेको माओवादीले कार्यपालिका सदस्य निर्वाचनमा भने एमालेसँग तालमेल गरेको छ।

कार्यपालिकामा निर्वाचित हुनुपर्ने ६ जना सदस्यका लागि माओवादीले एमालेसँग सहकार्य गरी कांग्रेसलाई हराएको हो।

बुधबार भएको चुनावमा ४ जना माओवादी र २ जना एमालेबाट कार्यपालिका सदस्य निर्वाचित भएका छन्।

एमालेसँग तालमेल गरी माओवादीले आफूले चार र एमालेबाट २ जना सदस्यलाई उम्मेदवार बनाएको थियो। एमालेबाट महिला सदस्यमा कमलादेवी विक र दलित वा अल्पसंख्यक सदस्यमा शंकरबहादुर कामी उम्मेदवार बनेका थिए।

माओवादीबाट महिला सदस्यमा अम्बि विक, पदमा देवी विश्वकर्मा र हजुरा कुमारी बिष्ट उम्मेदवार थिईन् भने दलित वा अल्पसंख्यक सदस्यमा उज्जीरे ढोली उम्मेदवार थिए।

कांग्रेसबाट दलित वा अल्पसंख्यक सदस्यमा दिपक विक र अम्मरे कामी उम्मेदवार थिए। महिला सदस्यमा अमृता बोहोरा, उज्जादेवी विक, पञ्चकली बुढा र राधिका विक उम्मेदवार थिए।

स्थानीय निर्वाचनमा माओवादी र कांग्रेसबीच गठबन्धन गरी पालिका अध्यक्षमा माओवादीका खड्क बिक र उपाध्यक्षमा कांग्रेसका नरबहादुर बान्तोला निर्वाचित भएका थिए।

१० वडामध्ये चार वटामा नेपाली कांग्रेस, चार वटामा नेकपा एमाले र २ वटा वडामा माओवादीले अध्यक्ष जितेका थिए।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *