Maobadi

माओवादीको प्यानल नै विजयी

National News News

The Mirror

सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादीको प्यानल नै विजयी भएको छ।

५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन।

कांग्रेसका खले पुनलाई पराजित गर्दै टेकबहादुर विजयी भएका हुन। खलरको पक्षमा २ सय ८१ मत आएको छ ।

क्त वडाका अरु सदस्यमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन। कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार निर्वाचित भएका छन।

जिल्लाका ७३ मध्ये यो वडाको नतिजा पहिलो आएको हो।

जिल्लाको मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको मत गणना चलिरहेको छ। मुसीकोटमा कांग्रेसका महेन्द्र केसीले अग्रता लिएका छन् सानीभेरीमा माओवादी केन्द्रका बिर्खबहादुर विष्टले अग्रता लिएका छन।

[ref-ekantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *