prachanda ko buhari

माओवादीबाट प्रचण्डकी बुहारी पोखराको उपमेयरमा सिफारिस

National News News

The Mirror Desk

माओवादी केन्द्रको पोखरा महानगर कमिटीले अध्यक्ष प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीलाई उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ। महानगर कमिटीको सम्पन्न पूर्ण बैठकले पोखराको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गर्दा त्रिपाठीसमेत परेकी हुन्।

महानगरको बैठकले मेयर र उपमेयरको लागि नामहरु प्रस्ताव गरेको थियो। बैठकले मेयरको लागि माओवादी कास्की संयोजक बखानसिंह गुरुङ, प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रस्ताव गरेको छ।

उपमेयरमा गोमा ढकाल, सूर्यप्रकाश त्रिपाठी र सिर्जनालाई सिफारिस गरिएको छ।

माओवादीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य उनी पोखरामा बसेर पार्टी राजनीतिमा सक्रिय छिन।

पोखरा–२५ हेमजा माइती भएकी सिर्जना प्रकाश दाहालको निधन भएयता कास्कीको राजनीतिमा सक्रिय भएकी हुन।

माओवादीले प्रस्ताव गरेकामध्ये विश्वप्रकाश यसअघि २०७४ सालको चुनावमा मेयरको प्रत्यासी थिए। कांग्रेससँग चुनावी तालमेल भएपछि उनले मेयर छाडेका थिए।

उपमेयरमा प्रस्तावित गोमा ढकाल भने निर्वाचनमा होमिएकी थिइन। उनले गएको चुनावमा ८ हजार ७९६ मत ल्याएकी थिइन।

[ref-tvannapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *