maoist leaders

‘माओवादीले कार्यकर्ताबाट मासिक ८ करोड उठाउने’

National News News

The Mirror

माओवादी केन्द्रले आफ्नो केन्द्रीय कार्यालय व्यवस्थित बनाउनको लागि भन्दै खर्च जुटाउने उपाए निकालेको छ। यस उद्देश्यका लागि पार्टीका सबै सदस्यबाट रु १०० का दरले उठाउने भएको छ।

माओवादीका देशभर कूल आठ लाख पार्टी सदस्य छन्। त्यसबाट रु आठ करोड बराबरको रकम सङ्कलन हुनेछ।अध्यक्ष प्रचण्ड निवासमा बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय विस्तार तथा व्यवस्थापनका लागि एकपटकका लागि उक्त परिमाणमा रकम सङ्कलन गर्ने निर्णय गरेको हो।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयका साथै सम्पन्न स्थानीय तहको निर्वाचन, पार्टीका अन्य कामलगायत विषयमा छलफल भएको थियो।

नेता हरिबोल गजुरलेका अनुसार समसामयिक राजनीतिक विषयका अलावा पार्टीको भ्रातृ सङ्गठन अखिल(क्रान्तिकारी) भित्र देखिएको असन्तुष्टिका बारेमा समेत छलफल भएको थियो।

गत पुसमा माओवादीले आठौँ महाधिवेशन सम्पन्न गरेको भए पनि हालसम्म पदाधिकारी चयन हुन सकेका छैनन्। त्यसबारेमा पनि बैठकमा सामान्य चर्चा परिचर्चा भएको बताइएको छ। पदाधिकारी छिट्टै टुङ्गोमा पुर्‍याएर पार्टीको सङ्गठन विस्तार तथा सङ्घीय र प्रदेशसभाको निर्वाचनमा केन्द्रीत हुने माओवादीले स्पष्ट पारेको छ।

[ref-annapurna]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *