Kulman Ghising

माओवादीले कुलमानलाई काठमाडौँ-३ बाट उम्मेदवार बनाउन सक्ने?

Breaking News National News News

The Mirror

माओवादी अध्यक्ष प्रचण्डले पार्टी कार्यकर्ता माझ भने, ‘बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं’।

उनले फेरि थपे, ‘सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो’।

२०७४ मा एमालेसँँग वाम गठबन्धन गरेको माओवादीबाट ललितपुर-३ मा पम्फा भुसाल निर्वाचित भइन। यो पटक कांग्रेससँग गठबन्धन गर्ने तयारीमा रहेको माओवादीले उपत्यकामा थप सिट जित्न चाहेको छ, तर त्यो निकै गाह्रो छ।

उपत्यकामा पार्टीको गिर्दो साख सुधार गर्नका लागि नीतिगत र संगठनात्मक संरचना सुधार गर्ने प्रचण्डले बताए। चुनावी नतिजा निकाल्न नयाँ-नयाँ अनुहारलाई उम्मेदवारका रुपमा समेत अघि सार्ने प्रचण्डको योजना छ।

प्रचण्डले नै नयाँ उम्मेदवार अघि सार्ने बताएपछि माओवादी नेताहरुमा त्यस्तो पात्र को होला भनेर खोजी भयो।

माओवादी, काठमाडौंका नेता हिमाल शर्माका अनुसार संगठनमा पनि त्यस्तो पात्र को होला भनेर छलफल भएको छ।

प्रचण्डले भने जस्तो आफूहरुको माग पनि नयाँ-नयाँ अनुहारलाई अवसर दिनुपर्ने भएको भन्दै उनले भने, त्यस्तो खालका पात्रहरु पार्टीभित्र पनि छन्, बाहिर पनि छन’।

माओवादी नेताहरुका अनुसार यसरी छलफल हुने सम्भावित उम्मेदवारमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि हुन।

यसबारे न माओवादीले निर्णय गरेको छ, न कुलमानले उम्मेदवार हुने चाहना सार्वजनिक गरेका छन। कुलमानलाई माओवादी मात्रै हैन, अरु दल र स्वतन्त्र अभियन्ताहरुले पनि चुनाव उम्मेदवार बनाउन चाहेको सन्देश पुर्‍याएका छन।

माओवादी नेता हिमाल शर्माले भने, ‘कुलमानले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहे माओवादीले स्वागत गर्छ, उहाँले कसरी सोच्नुहुन्छ भने अझै प्रष्ट भएको छैन, उहाँ आउने नै हो भने हामी काठमाडौंको जुन सुकै क्षेत्रमा उम्मेदवार बनाउन तयार छौं ‘।

कुलमान हाल बौद्ध क्षेत्रमा बस्छन। यो प्रतिनिधिसभाको काठमाडौं क्षेत्र नम्बर ३ मा पर्छ।

उनको पुर्ख्यौली घर रामेछाप हो । यहाँ हाल युवराज चौलागाई सम्भावित उम्मेदवार हुन् तर कुलमानले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने र रामेछापबाटै उम्मेदवार बन्न चाहेको अवस्थामा माओवादीले ‘नाइ’ भन्ने छैन।

विद्युत प्राधिकरणको नेतृत्व गरिरहेका कुलमान स्वयं भने सांसद बन्नकै लागि चुनाव लड्ने सम्भावना कम हुन पनि सक्छ।

[ref-onlinekhabar]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *