maobadi

‘माओवादीले जितेका मध्ये ६० प्रतिशत गठबन्धनकै बलमा’

National News News

The Mirror

नेकपा माओवादीको यस पटकको स्थानीय तह निर्वाचनमा २०७४ को निर्वाचनको नतिजामा सुधार देखिएको छ।

त्यो बेला उसले १०६ वटा स्थानीय तहमा मेयर/अध्यक्ष जितेको थियो।

अहिलेसम्मको नतिजा अनुसार, १०६ तहमा नेतृत्व जितिसकेको छ। १४ तहमा अग्रता लिइरहेको छ।

यद्यपि विगतभन्दा यस पटकको जितमा भने विशेषता भने केही भिन्न छ।

उति बेला लगभग अधिकांश ठाउँमा माओवादी केन्द्रले एक्लै जित हासिल गरेको थियो तर यस पटक लगभग ६० प्रतिशत स्थानमा उसले गठबन्धनको सहाराले जित निकालेको प्रारम्भिक अनुमान छ।

देशभर जित निकालेका १०६ सिटमध्ये ६३ स्थानमा उसले कोही न कोही दलसँग तालमेल गरेको छ। बाँकी ४३ सिटमा मात्रै एक्लै लडेर जित निकालेको छ।

तालमेल गरेकाहरूमा अधिकांश सिटमा नेपाली कांग्रेस र नेकपा एससँग गरेको छ भने केहीमा राष्ट्रिय जनमोर्चासँग पनि तालमेल गरेको छ। यसबाहेक तीन स्थानीय तहमा नेकपा एमालेसँग पनि तालमेल गरेर जित निकालेको छ।

प्रदेशअनुसार तालमेलको विवरण

प्रदेश नम्बर १ मा मेयर/अध्यक्ष जितेको १२ तह

१० मा तालमेल , २ मा एक्लै

१) ताप्लेजुङ, फक्ताङलुङ गाउँपालिका, राजन लिम्बु (कांग्रेससँग तालमेल)।

२) ताप्लेजुङ, मैवाखोला गाउँपालिका, विजयप्रकाश वलेम (कांग्रेस र नेकपा एससँग तालमेल)।

३) पाँचथर, मिक्लाजुङ गाउँपालिका, अमरराज माखिम (कांग्रेससँगको तालमेल) ।

४) भोजपुर, आमचोक गाउँपालिका, अशोक राई (एक्लै) ।

५) भोजपुर, रामप्रसाद राई गाउँपालिका, थामबहादुर राई (कांग्रेससँग तालमेल) ।

६) ओखलढुंगा, चिशंखुगढी गाउँपालिका, निशान्त शर्मा बास्तोला (कांग्रेससँग तालमेल) ।

७) खोटाङ, खोटेहाङ गाउँपालिका, उदिमबहादुर राई (कांग्रेससँग तालमेल)

८) खोटाङ, जन्तेढुंगा गाउँपालिका, अरूणादेवी राई (कांग्रेस र नेकपा एससँगको तालमेल) ।

९) सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका (एक्लै) ।

१०) उदयपुर, ताप्ली गाउँपालिका, ढुंगराज विश्वकर्मा (कांग्रेससँग तालमेल) ।

११) उदयपुर, रौतामाई गाउँपालिका, विरेन्द्रकुमार मगर (कांग्रेससँग तालमेल) ।

१२) उदयपुर, लिम्चुङबुङ गाउँपालिका, मेजरकुमार राई (कांग्रेस र जसपासँगको तालमेल)

मधेस प्रदेश मेयर/अध्यक्ष जितेको ५ तह

४ मा एक्लै, १ मा तालमेल

१) सर्लाही, बलरा नगरपालिका, रामाशंकरप्रसाद कुशवाहा (एक्लै) ।

२) सर्लाही, रामनगर गाउँपाकिला, राजाबाबू यादव (एक्लै) ।

३) सर्लाही, बागमती नगरपालिका, भरतकुमार थापा (एक्लै) ।

४) रौतहट, दुर्गा भगवती गाउँपालिका, सम्भुकुमार सिंह (एक्लै) ।

५) बारा, जितपुर सिमरा, राजन पौडेल (पाँचदलीय गठबन्धन) ।

बागमती प्रदेश मेयर/अध्यक्ष जितेको २१ तह

१६ मा तालमेल, ५ मा एक्लै

१) सिन्धुली, दुधौली नगलालिका, दिनेश अधिकारी (कांग्रेससँग तालमेल) ।

२) सिन्धुली, मरिण गाउँपालिका, विमर्श मुक्तान (कांग्रेससँग तालमेल) ।

३) सिन्धुली, सुनकोशी गाउँपालिका, दीपा बोहोरा दाहाल (कांग्रेससँग तालमेल) ।

४) सिन्धुली, हरिहरपरगढी गाउँपालिका, बज्रध्वज वाइबा (कांग्रेससँग तालमेल) ।

५) रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका, मैनकुमार मोक्तान(कांग्रेससँग तालमेल) ।

६) रामेछाप, सुनपाती गाउँपालिका, ठूलोकान्छा तामाङ (एक्लै) ।

७) दोलखा, गौरिशंकर गाउँपालिका, विश्वास कार्की (कांग्रेससँग तालमेल) ।

८) सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका, कृष्णप्रसाद सापकोटा(नेकपा एससँग तालमेल) ।

९) सिन्धुपाल्चोक, जुगल गाउँपालिका, रेशम स्याङ्बो (कांग्रेस र नेकपा एससँग तालमेल ) ।

१०) सिन्धुपाल्चोक, बलेफी गाउँपालिका, गंगाबहादुर तामाङ(नेकपा एससँग तालमेल) ।

११) सिन्धुपाल्चोक, लिसंखु पाखर गाउँपालिका, राजु लामा (एक्लै) ।

१२) काभ्रेपलान्चोक, खानीखोला गाउँपालिका, ईन्द्रबहादुर थिङ (कांग्रेससँग तालमेल ) ।

१३) काभ्रेपलान्चोक, चौरीदेउराली गाउँपालिका, रेणुका चौलागाई (कांग्रेससँग तालमेल) ।

१४) काभ्रेपलान्चोक, भुम्लु गाउँपालिका, प्रेमबहादुर भुजेल (कांग्रेससँग तालमेल) ।

१५) नुवाकोट, ककनी गाउँपालिका, सुमन तामाङ (एक्लै) ।

१६) नुवाकोट, दुप्चेश्वर गाउँपालिका, शंकरबहादुर थापा (एक्लै) ।

१७) नुवाकोट, पञ्चकन्या गाउँपालिका, तेजबहादुर तामाङ (एक्लै) ।

१८) धादिङ, गजुरी गाउँपालिका, गणेशलाल श्रेष्ठ(कांग्रेससँगको तालमेल) ।

१९) धादिङ, बेनीघाट रोराङ गाउँपालिका, कृष्णबहादुर थपलिया (नेकपा एससँगकौ तालमेल) ।

२०) धादिङ, रुबीभ्याली गाउँपालिका, रामसिँह तामाङ (कांग्रेस र नेकपा एससँगको तालमेल) ।

२१) मकवानपुर, थाहा नगरपालिका, विष्णुबहादुर विष्ट (कांग्रेस र नेकपा एससँगको तालमेल) ।

गण्डकी प्रदेश मेयर/अध्यक्ष जितेको १० तह

१ मा तालमेल, ९ मा एक्लै

१) गोरखा, अजिरकोट गाउँपालिका, दीपक देवकोटा (एक्लै) ।

२) गोरखा, गण्डकी गाउँपालिका, दिपक तिमिल्सिना (एक्लै) ।

३) गोरखा, गोरखा नगरपालिका, कृष्णबहादुर राना (एक्लै) ।

४) गोरखा, धार्चे गाउँपालिका, लक्ष्मण गुरुङ(एक्लै) ।

५) गोरखा, पालुङटार नगरपालिका, विवश चिन्तन (एक्लै) ।

६) गोरखा, वारपाक सुलिकोट गाउँपालिका, विष्णुप्रसाद भट्ट (एक्लै) ।

७) गोरखा, भीमसेन थापा गाउँपालिका, विष्णुकुमार श्रेष्ठ (एक्लै) ।

८) गोरखा, सहिद लखन गाउँपालिका, रमेशबाबू थापा मगर (एक्लै ।

९) तनहुँ, आँबुखैरेनी गाउँपालिका, शुक्र चुमान (एक्लै)

१०) बागलुङ, ताराखोला गाउँपालिका, धनबहादुर बिक (कांग्रेससँग तालमेल) ।

लुम्बिनी प्रदेश मेयर/अध्यक्ष जितेको २४ तह

१३ मा तालमेल, ११ मा एक्लै

१) गुल्मी,चन्द्रकोट गाउँपालिका, युवराज खत्री क्षेत्री (कांग्रेससँग तालमेल) ।

२) गुल्मी, धुर्कोट गाउँपालिका, भुपाल पोखरेल (एमालेसँग तालमेल) ।

३) गुल्मी, मालिका गाउँपालिका, देवीराम अर्याल(कांग्रेससँग तालमेल) ।

४) गुल्मी, रुरुक्षेत्र गाउँपालिका, यदु ज्ञवाली (कांग्रेससँग तालमेल) ।

५) पाल्पा, रिब्दिकोट गाउँपालिका, नारायणबहादुर कार्की (कांग्रेस र राजमोसँग तालमेल) ।

६) प्यूठान, झिमरुक गाउँपालिका, पितबहादुर महतरा क्षेत्री (एमालेसँग तालमेल) ।

७) प्यूठान, प्यूठान नगरपालिका, विष्णुबहादुर योगी (कांग्रेस र राजमोसँग) ।

८) प्यूठान, माण्डवी गाउँपालिका, नमराज अधिकारी (कांग्रेस र राजमोसँग) ।

९) रोल्पा, थवाङ गाउँपालिका, ऋषिकेशव बुढामगर (एक्लै) ।

१०) रोल्पा, परिवर्तन गाउँपालिका, सुकबहादुर बुढामगर (एक्लै) ।

११) रोल्पा, माडी गाउँपालिका, अमरसिँह घर्तीमगर (एक्लै) ।

१२) रोल्पा, रोल्पा नगरपालिका, सुरेन्द्र थापा(एक्लै) ।

१३) रोल्पा, लुंग्री गाउँपालिका, भरतकुमार थापा (एक्लै) ।

१४) रोल्पा, सुनछहारी गाउँपालिका, धनबहादुर पुनमगर (एक्लै) ।

१५) रोल्पा, सुनिलस्मृति गाउँपालिका, मणिराम बुढाथोकी (एक्लै) ।

१६) दाङ, गढवा गाउँपालिका, यमनारायण शर्मा पोख्रेल (नेकपा एस र राजमोसँग तालमेल) ।

१७) दाङ, बंगलाचुली गाउँपालिका, तुलसीराम पुनमगर (कांग्रेससँग तालमेल)

१८) दाङ, राप्ती गाउँपालिका, प्रकाश विष्ट (राजमोसँग तालमेल) ।

१९) बर्दिया, बढैयाताल गाउँपालिका, हिमालय त्रिपाठी (नेकपा एससँग तालमेल) ।

२०) बर्दिया, राजापुर नगरपालिका, दिपेश थारु ( एक्लै) ।

२१) बाँके, खजुरा गाउँपालिका, डम्बरबहादुर बिक(कांग्रेससँग तालमेल) ।

२२) पूर्वी रुकुम, पुथा उत्तरगंगा गाउँपालिका, पुनिराज घर्ति(एक्लै) ।

२३) पूर्वी रुकुम, भुमे गाउँपालिका, होमप्रकाश श्रेष्ठ (एक्लै) ।

२४) पूर्वी रुकुम, सिस्ने गाउँपालिका, कृष्ण रेग्मी (एक्लै) ।

कर्णाली प्रदेश मेयर/अध्यक्ष जितेको २० तह

११ तालमेल ९ मा एक्लै 

१) पश्चिम रुकुम, आठबिसकोट नगरपालिका, रवि केसी (एक्लै) ।

२) पश्चिम रुकुम, चौरजहारी नगरपालिका, पुष्प वादी (एक्लै) ।

३) पश्चिम रुकुम, त्रिवेणी गाउँपालिका, गणेश केसी (एक्लै) ।

४) पश्चिम रुकुम, सानीभेरी गाउँपालिका, विर्खबहादुर विष्ट (एक्लै) ।

५)सल्यान, दार्मा गाउँपालिका, निमबहादुर केसी (एक्लै) ।

६) सल्यान, बनगाड कुपिण्डे नगरपालिका, कर्णबहादुर बुढाथोकी (कांग्रेससँग तालमेल) ।

७) सुर्खेत, चौकुने गाउँपालिका, खड्क विक(कांग्रेससँग तालमेल) ।

८) दैलेख, नौमुले गाउँपालिका, छविराम सुवेदी (नेकपा एससँग तालमेल) ।

९) दैलेख, भगवतीमाई गाउँपालिका, गणेशबहादुर थापा (नेकपा एससँग तालमेल) ।

१०) जाजरकोट, नलगाड नगरपालिका, डम्मरबहादुर रावत (कांग्रेससँग तालमेल) ।

११) डोल्पा, जगदुल्ला गाउँपालिका, नालासिँह रोकाया (एक्लै) ।

१२) डोल्पा, मुड्ेकचुला गाउँपालिका, दत्तबहादुर शाही (एक्लै) ।

१३) हुम्ला, ताजाकोट गाउँपालिका, लालकेश जैसी (कांग्रेससँग तालमेल) ।

१४) हुम्ला, नाम्खा गाउँपालिका, प्रेमबहादुर लामा (कांग्रेससँग तालमेल) ।

१५) हुम्ला, सिमकोट गाउँपालिका, विजय भण्डारी (कांग्रेससँग तालमेल) ।

१६) कालिकोट, पाताला गाउँपालिका, विष्णुबहादुर रोकाया (एक्लै) ।

१७) कालीकोट, महाबै गाउँपालिका, खेमबहादुर सिँह (एमालेसँग तालमेल) ।

१८) कालिकोट, शुभकालिका गाउँपालिका, गोविन्दप्रसाद आचार्य (कांग्रेससँग तालमेल) ।

१९) मुगु, खत्याड गाउँपालिका, अजबहादुर शाही (कांग्रेससँग तालमेल) ।

२०) जुम्ला, सिंजा गाउँपालिका, पूर्णप्रसाद धिताल (एक्लै) ।

सुदूरपश्चिम प्रदेश मेयर/अध्यक्ष जितेको १३ तह

११ मा तालमेल, २ मा एक्लै

१) बझाङ, छविसपाथिभेरा गाउँपालिका, बसन्तबहादुर चलाउने (कांग्रेस र नेकपा एससँग तालमेल)।

२) बझाङ, दुर्गाथली गाउँपालिका, दिलबहादुर थापा (कांग्रेस र नेकपा एससँग तालमेल)।

३) अछाम, मेल्लेक गाउँपालिका, ज्वालासिँह साउँद (कांग्रेस र नेकपा एससँग तालमेल)।

४) डोटी, बोगटान फुड्सिल गाउँपालिका, कमल गड्सिला (नेकपा एससँग तालमेल) ।

५) कैलाली, महोन्याल गाउँपालिका, देवीदत्त उपाध्याय (कांग्रेस र नेकपा एससँग तालमेल) ।

६) कञ्चनपुर, बेलौरी नगरपालिका, पोतीलाल चौधरी (एक्लै) ।

७) डडेलधुरा, आलिताल गाउँपालिका, शेरसिँह पार्की (नेकपा एससँग तालमेल) ।

८) डडेलधुरा, अजयमेरु गाउँपालिका, शेरसिँह पार्की (नेकपा एससँग तालमेल) ।

९) बैतडी, मेलौली नगरपालिका, भीमबहादुर चन्द (एक्लै) ।

१०) दार्चुला, अपिहिमाल गाउँपालिका, भक्तसिँह ठेकरे बोहरा (कांग्रेससँग तालमेल) ।

११) दार्चुला, नौगाड गाउँपालिका, दलजीतसिँह धामी (कांग्रेससँग तालमेल) ।

१२) दार्चुला, मार्मा गाउँपालिका, जमनसिँह धामी (कांग्रेससँग तालमेल) ।

१३) दार्चुला, लेकम गाउँपालिका, रामदत्त जोशी (कांग्रेससँग तालमेल) ।

[यो समाचार nepalpress मा छापिएको छ ]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *