Parsa Maobadi

माओवादी कार्यकर्ताद्वारा वीरगञ्जमा आफ्नै कार्यालय तोडफोड

National News News

The Mirror Desk

माओवादी केन्द्र पर्साका असन्तुष्ट कार्यकर्ताले पार्टीको जिल्ला नेतृत्वको गतिविधिलाई लिएर वीरगञ्जको राधेमाईस्थित आफ्नै कार्यालयमा तोडफोड गरेका छन।

जिल्ला नेतृत्वको गतिविधिलाई लिएर असन्तुष्ट बनेका अखिल क्रान्तिकारी मधेस प्रदेश प्रमुख सचिव जुवेर आलम, पार्टीको वीरगञ्ज महानगर उपाध्यक्षद्वय अनीरुद्ध यादव र जुमादीन अन्सारी, वडा कमिटी अध्यक्ष हिरा अन्सारी, छोटेलाल कुर्मीलगायतले कार्यालयमा तोडफोड गरेका थिए।

उनीहरु आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले गठन गरेको जिल्ला समन्वय समितिको गतिविधिप्रति असन्तुष्टी जनाउँदै ध्यानाकर्षण पत्र बुझाउन गएका थिए।

ध्यानाकर्षणपत्र बुझाउन जाँदा विवाद भएपछि आक्रोशमा आएका उनीहरु तोडफोडमा उत्रिएका थिए। तोडफोडपछि उनीहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन।

कार्यालयमा ‘चन्दा खोरी बन्द गर’ लेखेको पोस्टर र विभिन्न बुँदामा ध्यानाकर्षण गराएको पत्रसमेत टाँसेका छन। चन्दा असुली गरेर पार्टीलाई वदनाम गरेको भन्दै उनीहरुले पार्टीको जिल्ला संयोजक र सचिवको राजिनामा समेत मागे गरेका छन।

अखिल क्रान्तिकारी मधेस प्रदेश प्रमुख सचिव आलमले भने तोडफोडको जिम्मेवार जिल्लाका नेताहरु नै भएको बताए। उनले भने, ‘हामी आफ्नो कुरा राख्न गएका थियौं, कार्यकर्ताहरुको कुरै नसुन्ने, आवेशमा आएर कुरा गर्ने, हैकमवादी प्रवृत्ति देखाएपछि तोडफोड भयो । यसको जिम्मेवार उहाँहरु नै हुनुहुन्छ ।’

पार्टीको जिल्ला नेतृत्वले अढाई लाख रुपैयाँ बुझेर छिपहरमाई गाउँपालिकाको एक जना प्रशासकीय अधिकृतको सरुवाका लागि मन्त्रालयमा सिफारिस गरेको, पछि अरुले थाहा पाएपछि फर्जी हस्ताक्षर हो भनेर दावी गरेको, विभिन्न व्यापारीहरुसँग चन्दा लिएको प्रमाण आफूहरुसँग रहेको दावी उनले गरे।

जिल्लामा गठबन्धन गर्ने विषयमा पालिका र वडा स्तरमा कुनै सरसल्लाह नगरेको, पार्टीका इमान्दार नेता कर्याकर्ताको चरित्र हत्या गर्न खोजेको, माओवादी पार्टीको नाममा विभिन्न कार्यालय र व्यापारिक प्रतिष्ठानमा चन्दा मागेर व्यतिmगत खर्च चलाइरहेको, प्रदेश कमिटी सदस्य सिफारिस गर्दा, वाईसीएलको जिल्ला संयोजक सिफारिस गर्दा सरसल्लाह नगरेको, पार्टीको लेटर प्याड र छापको दुरुपयोग गरेको आरोप असन्तुष्ट समूहले लगाएको छ ।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *