Prachanda's proposal to reunite party with UML

माओवादी केन्द्रको संसदीय दलको नेतामा फेरि पनि प्रचण्ड

National News News

The Mirror Desk,

काठमाडौँ, मंगलबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङलाइ चयन गरेको छ भने राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ।

यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सचेतक देव गुरुङ रहेका थियो।

सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो तर पनि उक्त दलले संसदीय दलको उपनेता र सचेतक चयन गरेको छैन।

बैठकले संसद बिघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले नै उल्टाई दिएको अवस्थामा प्रधानमन्त्री पदमा रहन नमिल्ने ठहर गरेको जनाइएको छ।

तर पनि बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ। माओवादीका ६ जना सांसदहरु अर्को दलमा गएको भन्ने बिषयमा आफ्नो धारणा पेश गर्न पनि पत्राचार गर्ने निर्णय गरेको छ।

[ref-Jnews]

अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस

आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *