Sudan Kirati

‘माओवादी पार्टी भ्रष्टहरुको अखडा बन्यो’

National News News

The Mirror

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुदन किरातीले माओवादी पार्टी ‘भ्रष्टहरुको अखडा’ भएको कडा खालको टिप्पणी गरेका छन।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता किरातीले पार्टी भ्रष्टहरुको अखडा बनेको भिन्दै तिब्र आक्रोश पोखे।

पार्टी भ्रष्टहरुको अखडा भएकै कारण नेताहरु नुन खाएको कुखुरा जस्तो झोक्राएको भन्दै नेता किरातीले अध्यक्ष प्रचण्डको वरिपरि घुमेर ठग्नेहरुले पार्टीलाई बदनाम गराएको आरोप लगाए।

किरातीले भने, ‘हाम्रो पार्टी भ्रष्टहरुको अखडा बन्यो, त्यसैले नेतृत्वले केही गर्न सकेन, अध्यक्ष कमरेडको वरिपरि घुमेर ठग्नेहरुले पार्टीलाई बदनाम बनाए, यस्ता व्यक्तिलाई चिन्न ढिलाई भयो भने पार्टी रहँदैन’।

पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन नसक्ने भन्दै किरातीले तत्काल पदाधिकारी चयन गर्नुपर्ने माग गरे।

उनले भने, ‘पार्टीको संरचना बनाउन नसक्नेले समाज बनाउन सक्दैन, तत्काल पदाधिकारी चयन गर्नुपर्छ, पार्टीले पदाधिकारी चनय गर्न सक्दैन भने जनवाद प्रयोग गरेर नेतृत्व चयन गर्न हामी तयार छौं’।

राजनीतिक दलका नेता कार्यकर्ताको आचरणले राजनीति फोहोरी भएका कारण लोकतन्त्र मानिसको जीवन पद्दति बन्न नसकेको समेत नेता किरातीले बताए।

[ref-drishtinews]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *