ramchanda paudel

‘माओवादी र प्रचण्ड हाम्रो मित्र, एमाले र केपी ओली हाम्रो दुश्मन’

National News News

The MIrror

भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) सँग आफ्नो प्रतिस्पर्धा भएपनि माओवादीसँग नभएको बताएका छन।

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले एमालेसँग प्रतिस्पर्धा र माओवादी संग सहकार्य गर्नुपर्ने बताए।

पौडेलले भने, ‘साथीहरूले यो कुरो बुझ्नुपर्‍यो कि एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन, माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो, एमालेसँग हामीले नै प्रतिस्पर्धा गर्नुपर्छ’।

निर्वाचनपछि गठबन्धनले नै सरकार चलाउनुपर्ने बाध्यता रहेकोले पहिले नै मिल्ने अभ्यास गर्न जरुरी रहेको उनले बताए।

उनले भने, ‘भोलि मिलेरै सरकार बनाउनुछ भने आज मिलेरै स्थानीय सरकार किन नबनाउने, सहकार्यको अभ्यास गर्नु नै आजको आवश्यकता हो’।

चितवनमा स्वतन्त्र उम्मेदवारी दिने कांग्रेस नेताहरुको बारेमा उनले भने, ‘मैले उहाँहरूसँग आज भेटेर अलि बसेर कुरा गरौ भने तर उहाँहरूले अलिकति धैर्य राख्न सक्नुभएन, उहाँहरू अलि चाडै जान खोज्नुभयो, उहाँहरू तर्कभन्दा भावावेश र उत्तेजनामा अगाडि बढ्नुभएको छ’।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमतको बलमा संविधान र लोकतन्त्रमाथि धावा बोलेकोले गठबन्धन निर्माण गर्नुपरेको उनले बताए।

[ref-nepalpress]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *