एक्लिए माधब नेपाल, झलनाथसहितका सांसदहरु ओलीको बैठकमा

National News News

The Mirror Desk,

काठमाडौँ, ‘नेपाल-खनाल’ समूहका सांसदहरु आज एमालेको संसदीय दलको बैठकमा जाने भएका छन्। झलनाथ खनालको नेतृत्वमा उनि निकट सांसदहरु आजको बैठकमा सहभागी हुने भएका हुन् तर पनि माधव नेपाल र भीम रावल भने उक्त बैठकमा नजाने भएका छन्। खनालले बोल्नका लागि समय माग्ने र समय दिए आफ्ना कुरा राख्ने बताइएको छ।

आज दिउँसो करिब ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन्। बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा तय भएका छन्।

सो समुहबाट माधब नेपाल र भिम रावल भने उक्त बैठकमा नगएपछि माधब नेपाल एक्लो भएका छन्। नेपाल समुहका नेता योगेश भट्टराईले पनि बालुवाटारको बैठकमा आफूहरू सहभागी हुने बताएका थिए।

नेपाल समूहका सांसद सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकमा जाने बताए। उनले भने, ‘बैठकमा सबै जना जाने कुरा भएको छ’।

अन्तमा यो घुस सम्बन्धित भिडियो पनि हेर्नुहोस है

गाउँपालिका कर्मचारीद्वारा सेवाग्राहीसंग खुलमखुला घुसको डिल…

३/४ प्रतिशत दिनुपर्ने माग…

सुन्नुहोस यो डिल…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *