Action against four UML leaders including Madhab Nepal withdrawn

माधब नेपाल सहित एमालेका चार नेता माथिको कारवाही फिर्ता

National News News

The Mirror Desk

नेकपा एमालेको स्थायी कमिटी बैठकले नेता माधव नेपाल सहित चार नेता माथिको कारवाही फिर्ता गरेको छ। बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल सहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।

एमालेले चारै जनालाई पार्टी हित र विधान विपरीत काम गरेको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको थियो।

स्थायी कमिटीको बैठकले नेपाल लगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधन र निर्णय लिन पार्टी अध्यक्ष ओलीलाई अधिकार दिने निर्णयसमेत गरेको छ।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *