The Mirror Desk,
काठमाडौँ, एमाले कास्कीले पोखरामा गरेको कार्यकर्ता भेटघाटमा पूर्व माओबादीका नेता तथा अहिले प्रधानमन्त्रीका दाहिने हात मानिने जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले सांसद पद गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने दरिलो अडान राखेका छन्। उनले उल्टै माओबादी छाडेर एमालेमा आउनेहरुलाई न्यानो स्वागत गर्ने पनि बताए।
उनले ब्यङ्ग गर्दै भने, ‘माधव जी आउनुहोस एमालेमा तपाईलाई हार्दिक स्वागत छ’।
प्रचण्डसँग लागेर एमालेमै फर्किएका नेतालाई ओलीसँग काम गर्नैपर्ने बाध्यता रहेको बताउँदै रायमाझीले मन नबिगारी फर्कन माधव समूहलाई आग्रह गरे। उनले भने, ‘बाटो बिराएका, मन बिगारेका साथीहरूलाई हार्दिकतापूर्वक स्वागत गर्छौ’।
जनयुद्धमा बाबुराम भट्टराईमाथि प्रहार हुँदा पनि टिकाएर राखेको तर शान्ति प्रक्रियापछि उनमा पनि विचलन आएको रायमाझीले बताए। रायमाझीले भने, ‘बाबुरामजी असाध्यै विद्वान मान्छे, ज्ञान र क्षमता भएको हाइप्रोफाइल भएको मान्छे, शान्ति प्रक्रियामा आइसकेपछि, संविधान बनिसकेपछि बाबुरामजीमा पनि विचलन आयो, जतिसुकै विद्वान भए पनि विचलन नहुनुस् है भन्दा मान्नुभएन, उहाँलाई भ्रम पर्यो, बाबुरामजीसँग अब भविष्य छैन भनेर छोडदिएँ, अहिले बाबुरामजी हिमाल, पहाड हुँदै तराई पुग्नुभो’।
उनले अब प्रचण्डको समय सकिएको र उनबाट कुन पनि तहको नेतृत्व सम्भब नहुने पनि बताए। प्रचण्ड जीबाट अब नत पार्टीको नेतृत्व हुन्छ नत देश बिकासको, उहाको पनि काम छैन भन्ने मनस्थिति बनाएर प्रचण्डको साथ् पनि छोडेको दाबी गरे।
[ref-Nrajniti]
अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस…
आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons