‘माधव-झलनाथ’ को निष्कर्ष, ओलीलाई अध्यक्ष मान्ने, एमालेमा गएर ओली विरूद्ध लड्ने’

National News News

The Mirror Desk,

काठमाडौँ, सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ। यसले सत्तारुढ दल नेकपाको एकीकरणलाई खारेज गर्दै पूर्व नेकपा (एमाले) र पूर्व नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत् रूपमा जगाएको छ। पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्र ब्यूँताएपछि ‘माधव-झलनाथ’ समूह एमालेमै फर्किने भएको छ।

नेकपा का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि माधव-झलनाथ समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा लागेर सडक आन्दोलनमा पुगेका थिए।

अदालतले पुरानै पार्टी ब्यूँताएपछि नेपाल समूह एमालेमा फर्कने निष्कर्षमा पुगेको हो। ‘प्रचण्ड-नेपाल’ समूहका केन्द्रिय सदस्य एवम् पूर्व एमाले नेता विष्णु रिजालले एमाले केपी ओली, माधव नेपाल दुवैको भएकाले पार्टी ब्यूँतिएपछि हामी सबै एमाले भएको बताएका छन्।

ट्वीटमा उनले भनेका छन्,‘सर्वोच्चको फैसलापछि उहाँ एमालेमा जाने वा नजाने भन्ने प्रश्नै रहँदैन, एमाले केपी ओलीको पनि हो, माधव नेपालको पनि हो, पार्टी ब्यूँतिएपछि हामी सबै एमाले नै रह्यौँ’।

तत्कालीन एमालेको माधव पक्षको बैठक बसेको थियो। उनीहरु एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्दै पुन: पार्टी एकताको लागि पहल गर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी एक नेताले बताए। छलफलमा सहभागी नेताहरुले एकतालाई जोगाएर जान सकिने सम्भावनाको खोजी गरेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन्।

[ref-annapurna]

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लाबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *