‘माधव नेपालको दुखेसो, सरकार त हाम्रै हो भन्छन्, तर मलाई कसैले गन्दैनन’

National News News

The Mirror Desk,

काठमाडौँ, सर्वोच्च अदालतले ‘प्रचण्ड-नेपाल’ समूह र के पी ओली समुहको नेकपलाई मान्यता नदिएपछि पूर्व एमाले र माओबादिहरु आफ्नो-आफ्नो समुहमा फर्केका छन्। बादल लगाएत केहि ठुला पूर्व माओबादीका नेताहरु भने के पी ओलीको एमाले संगै रहने भएका छ। के पी ओलीका कटु आलोचक माधब नेपाल र झलनाथ खनाल पनि एमालेमै फर्केका छन्।

यसै क्रममा एमालेका नेता माधबकुमार नेपालले बुधबार बसेको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भने,’सरकार त हाम्रै हो भन्छन्, तर मलाई थाहा छैन, मलाई कसैले भन्‍न आएको पनि छैन, सरकारका मान्छेले केही कुरा गरेका छैनन्, अहिले मसँग कुनै कुरा गरेकै छैनन, यदि सरकारका मान्छे आएर केहि कुरा मसंग गरे भने त्यसको बारेमा पछि कुरा गरौला’।

एक फरक प्रसंगमा उनले भने, ‘सर्वोच्चको फैसलालाई लिएर म सहमत छैन, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सत्ता साझेदार खोजी गरेकोबारे केहि पनि जानकारी छैन, जनता समाजवादी पार्टीसँग वार्ता गर्ने कार्यदल छ भन्ने सुनेको छु र कसैले केहि पनि भनेको छैन, यो सरकारलाई टिकाउने नटिकाउने भनेर मसँग अहिलेसम्म कसैले केही कुरा गरेकै छैन’।

नेपालले अबको रणनीतिबारे पार्टीमा छलफल हुने पनि जानकारी दिए। उनले थपे, ‘हाम्रो पार्टीमा हामी छलफल गर्छौँ, आन्दोलन र सरकार कसरी लाने भन्ने कुरामा बहस गर्छौँ, अरु पार्टीसँग सहकार्य गर्ने कुरा हुन्छ, जनताको विश्वास जित्ने कसरी, पार्टी भित्रका विमतिलाई सम्बोधन गर्ने कसरी? यी विषयहरुमा गहन छलफल र बहस हुन्छ’।

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लाबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *