madhav nepal

माधव नेपालद्वारा आफुलाई हेपिएको भन्दै गठबन्धन छाड्ने चेतावनी

National News News

The Mirror Desk

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सत्तारूढ पाँच दलीय गठबन्धनप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने कडा चेतावनी दिएका छन्।

निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी रहेका समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी तालमेलबारे छलफल गर्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन।

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक सकेर महासचिव भुसाल र उपमहासचिव पौडेल पार्टी सचिवालय बैठकमा आइतबार सहभागी भएका थिए।

सचिवालय बैठकमा संयन्त्रको बैठकमा भएको छलफलबारेमा जानकारी गराउँदै महानगरपालिकाको नेतृत्व नदिने गरी गठबन्धनका नेताले षड्यन्त्र गरिरहेको नेपाललाई बताएका थिए।

अध्यक्ष माधव नेपालले उनीहरुको कुरा सुनेपछि आफुलाई हेपिएको भन्दै गठबन्धन छाड्ने चेतावनी दिएका हुन।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *