madhav nepal

‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर’

National News News

The Mirror

सुर्खेतमा बिहीबार आयोजित एक कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको बताएका छन।

नेपालले प्रधानमन्त्री बन्ने अफर आएपनि षडयन्त्रकारीले आफुलाई फसाउन खोजेकोले त्यस्तो लोभमा आफू नफस्ने स्पष्ट पारे।

तरपनि नेपालले प्रधानमन्त्री बन्ने अफर कसले गर्‍यो भन्ने चाँहि खुलाएनन।

नेपालल भने, ‘वर्तमान सत्ता गठबन्धन टुटाउने उद्देश्यले षडयन्त्रकारीहरुले प्रधानमन्त्रीको कार्ड फाल्न थालेका छन, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मात्र होइन मलाई पनि प्रधानमन्त्रीको अफर आइरहेको छ, तर म त्यस्तो लोभमा पर्दिन’।

नेपालले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनमा वामगठबन्धन हुने हल्ला चलाईएपनि त्यो तत्काल सम्भव नरहेको समेत स्पष्ट पारे। उनले अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी पनि दोहोराए।

[ref-annapurna]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *