Apollo 11 astronaut Michael Collins dies at 90

मानिसलाई पहिलो पटक चन्द्रमामा पुर्याउने एपोलो-११ मिसनका सदस्य कोलिन्सको निधन

Science & Technology

The Mirror Desk

मानव जातीलाई चन्द्रमामा पुर्‍याउने पहिलो अभियान एपोलो–११ का एक सदस्य माइकल कोलिन्सको क्यान्सर रोगका कारण ९० वर्षको उमेरमा २८ अप्रिलको दिन निधन भएको बीबीसीले जनाएको छ।

अपोलो–११ अभियान अन्तर्गत २० जुलाई १९६९ मा पहिलो पटक अन्तरिक्ष यान चन्द्रमामा उत्रिएको थियो। माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने उनका सहयोगीहरु निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिन चन्द्रमाको सतहमा ओर्लिएका थिए।

कोलिन्सको निधनपछि अब एपोलो–११ मिसनको एकमात्र जीवित क्रू सदस्य बज एल्ड्रिन छन्। उनी ९१ वर्षका छन्।

एल्ड्रिनले कोलिन्सलाई श्रद्धाञ्जली दिँदै ट्वीटरमा लेखेका छन्, ‘प्रिय माइक, तपाईं जहाँ रहे पनि तपाईंको ऊर्जाले हामीलाई सधैं भविष्यमा नयाँ उचाइ छुन प्रेरित गरिरहने छ’।

एपोलो-११ का कमाण्डर आर्मस्ट्रङको सन् २०१२ मा ८२ वर्षको उमेरमा निधन भएको थियो। चन्द्रमामा पहिलो पटक पाइला टेक्ने व्यक्ति उनै आर्मस्ट्रङ्ग थिए।

कोलिन्स यस्ता अभागी एपोलो-११ का एक सदस्य बने जसले चन्द्रमामा पाइला टेक्ने सौभाग्य नै पाएनन। निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिन चन्द्रमाको सतहमा हिडेका थिए भने कोलिन्स चन्द्रमाको कक्षमा नै घुमिरहेका थिए।

[ref-bbc]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *