मुख्यमन्त्री राईको हुनेवाली ‍बेहुली कति राम्री [फोटो सहित]

National News

The Mirror Desk,

काठमाडौँ, प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईको आगामी माघ ११ गते बिबाह हुदै छ। उनले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने निर्णय गरेका छन। उनको सचिवालयले यो कुराको पुष्टि गरेको छ भने विवाहको मिती पनि सार्वजनिक गरेको छ। उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुन लागेको कुरा बताइन्छ।मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मुको संखुवासभा। २० बर्षिया जाङ्मु अहिले काठमाडौं बस्दै आएकी छन् तर उनका बाबु-आमा अमेरिकामा छन्।उनीहरुको बिबाह काठमाडौँमा हुने भएको छ।

जाङ्मुले ‘मिस मंगोल नेपाल-२०१८’ को उपाधि जितेपछि निकै चर्चामा आएकी थिइन्। उनले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्। उनले ११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी थिइन्। त्यसलगत्तै अनेकौ ब्युटी प्रतियोगिताहरुमा सहभागी हुँदै ‘मिस मंगोल नेपालको-२०१८’ को टाइटल जितेकी थिइन्।

उता ४९ वर्षीय राई २०६५ को निर्बाचनमा भोजपुरबाट सांसद बनेपछि राजनीतिमा सक्रिय रहेका छन्। तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्यहुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री हुँदै प्रदेश एकको मुख्यमन्त्री भएका छन्।

[ref-natnl media]

उनलाई फोटोमा हेर्नुहोस

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *