मेची-महाकाली विद्युतीय रेलमार्ग सर्वेक्षण कार्य सुरु

National News News

The Mirror Desk,

काठमाडौँ, नेपालीहरुले धेरै बर्षदेखि पर्खिरहेको निक्कै महत्वको मेची-महाकाली विद्युतीय रेलमार्ग निर्माण अन्तर्गत यसअघि स्थानीयको अवरोधका कारण रोकिएको सर्वेक्षण काम फेरि तिब्र रुपमा अघि बढेको छ।

यसअघि रेलमार्ग बस्ती र खेतीयोग्य जमिनबाट अघि बढाउन खोजेको र कसैलाई जानकारी नै नदिई सर्वेक्षण गरेको भन्दै स्थानीयले अवरोध गरेपछि रोकिएको थियो।

रेल मार्ग मानवबस्ती र निजी खेतीयोग्य जमिनमा नपर्ने गरी अघि बढाउने सहमति गरेर सर्वेक्षणको कार्य थालिएको हो। बाराको बकैया खोला किनार ड्यामको पूर्वी किनारलाई समाउँदै रेलमार्ग निर्माण गर्ने सहमति भएपछि स्थानीय पनि सर्वेको काम अघि बढाउन सहमत भएका हुन्। सो मार्गबाट रेलमार्ग अघि बढाउँदा मानवबस्ती, निजी खेतीयोग्य जमिन नपर्ने र तटबन्धको दीर्घकालीन समस्यासमेत समाधान हुने स्थानीयहरू बताउँछन्।

निजगढ नगरपालिकामा भएको छलफलपछि समस्या समाधान भएको छ। गत ९ फागुनमा रेल विभाग काठमाडौंका महानिर्देशक प्रमिला बज्राचार्य, रेलमार्गका लागि युसिङ कोरियन सर्वे कन्सल्ट्यान्टका मुख्य सर्वेयर मिस्टर कु, मिस्टर सोन, रेल विभागका सिनियर डिभिजन इन्जिनियर देवेन्द्रप्रसाद साह, नेपाली सर्वे कन्सल्ट्यान्टका जियोलोजिस्ट अच्युत कोइरालासहितको प्राविधिक टोलीले निजगढको बकैया खोलाको पूर्वीतर्फको क्षेत्रको स्थलगत अनुगमन गरेको थियो।

[ref-news24]

अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस

आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *