Pokhara congress

मेयरको पाउनुपर्ने भन्दै पोखरामा कांग्रेस कार्यालयमा नाराबाजी

National News News

The Mirror

पोखरा महानगरपालिकाको मेयरको पदको उम्मेदवार आफूहरुले पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका वडा सभापतिहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालयमा नाराबाजी गरेका छन।

तर पनि सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको भागवण्डा अनुसार पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । तर महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरुले मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका हुन।

जिल्ला सचिव भानुभक्त ढकालले भने, ‘पोखरा महानगरपालिकाको तालमेलको विषयमा नेपाली कांग्रेसभित्र निकै विवाद छ, केन्द्रका नेताहरुले स्थानीय तह कमजोर बनाउने गरी सहमति गरेकले स्वीकार्न गर्न सकिदैन, पोखराका वडा होस् वा पालिका गठबन्धन दललाई दिन सकिँदैन, केही वडा सदस्यमा मात्रै सहमति गर्न सकिन्छ, नत्र कांग्रेसलाई आघात हुन्छ, गठबन्धन अगाडि जाँदैन’।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *