The Mirror
नबनिर्बाचित मेयर बालेन शाहको राजधानीको फोहोर ब्यबस्थापन गर्ने पहिले प्रयासमै अबरोध सिर्जना भएको छ।
काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले मेयरमा सफत लिए लगत्तै राजधानीको फोहोर व्यवस्थापन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती अबेरसम्म अनौपचारिक वार्ता गरे।
वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए। सरकारसँग वार्ताको विषयमा महत्त्वपूर्ण भूमिका खेलेका स्थानीय सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानालाई बोलाइएको थिएन।
एकतर्फी रूपमा केहीलाई मात्र बोलाएको भन्दै स्थानीय थप आक्रोशित भएका छन। स्थानीयले मेयर घोषणा भएपछि मेयर शाहले गरेका वाचा पूरा नगरेसम्म फोहोर विसर्जन गर्न नदिने अडान कायम राखेका छन।
शाहले भर्खरै पदबहाली भएका छौँ, अबको केही दिनपछि माग पुरा गर्नेछौँ भनेर केही दिन फोहोर विसर्जन गर्ने समय माग गरेको भए बन्चरेमै फोहोर व्यवस्थापन हुने जिकिर स्थानीयको छ।
स्थानीय भन्छन्’ ‘उहाँले फोहोर विसर्जनको अवस्था सुधार नभएसम्म फोहोर विसर्जन गराउँदिन भन्नुभएको थियो, हामी उहाँको वाचा पूरा नभएसम्म फोहोर फ्याँक्न दिन्नौँ’।
चुनाबमा फोहोर ब्यबस्थापनको मुद्दालाई प्राथमिकतामा उठाएका बालेनलाई यो प्रयास निकै चुनौतिपूर्ण हुन सक्छ।
अन्तमा यो पनि…