‘मेरो ज्यान तलमाथि हुन सक्छ, अन्यथा नमान्नुहोला’:- प्रधानमन्त्री

National News News

The Mirror Desk,

पोखरा, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौँठो नमान्न भन्नुभएको छ। सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आफूमाथि हमला हुनसक्ने बताउदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।

उहाँले भने, ‘अहिले सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ, शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’। आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे, ‘म रहिँन भने पनि केही छैन, पार्टी छ, आन्दोलन छ, देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन’।

उनले आफुले देशको लागि काम गरिरहेको कारणले भित्र भित्र जलिरहेका हरुबाट त्यो खतरा हुन सक्ने बताए। ‘भारतसंग आत्पसमर्पण नगर्नुनै त्यसको अर्को कारण हुन सक्छ’, उनले भने। प्रधानमन्त्रीले आफु भारतको लागि नभएर नेपालको लागि ‘कम्फर्टेबल’ हुन चाहेको पनि बताए।

[ref-news24]

अन्तमा यो पनि…

माओबादी जनयुद्धमा अलकाइदाले हतियार त तालिम दिन्थे

Video Credit – The MIrror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *