‘मेरो टाउको चिलाएको छ, लाठी खाएर मर्छु तर केपी संग झुक्दिन’

National News News

The Mirror Desk,

काठमाडौँ, नेकपाका दुई गुटहरु एक अर्कालाई सिध्धाउन न्वारन देखिको बल प्रयोग गरिरहेका छन। आफ्नो-आफ्नो पदीय मर्यादा बिपरित गाली, गलौज र तथ्य हिन आरोप-प्रत्यारोप मा नाङ्गो तरिकाले उत्रिएका छन्।

यसै क्रममा राजधानीमा आयोजित एक कार्यक्रममा ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्डले माघ-९ मा बृहत् विरोध प्रदर्शनको अगुवाइ आफूले गर्ने र आफ्नो टाउको चिलाएकोले एकचोटि आफुलाई लाठी खान मन लागेको बताएका छन्। उनले भने, ”युवाहरूलाई आक्रामक भएर आउनुपर्‍यो, विद्यार्थीहरू पनि त्यहीअनुसार आउनुपर्‍यो, यहि माघ-९ गते हामी अग्रपंक्तिमा हुन्छौं, हिजो गिरिजाबाबु अथवा माधव, झलनाथले लाठी खाए जस्तै यो पटक किन-किन मेरो टाउको चिलाएको हो कि, मलाई पनि लाठी खान मन लागेको छ, तपाईहरु पछाडी आउनुहोस म अगाडी हुन्छु”।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासलाई पूरै पछाडि धकेल्ने र प्राप्त उपलब्धिलाई षड्यन्त्र गरी मास्ने काममा लागेको आरोप लगाए। त्यसकारण उनिविरुद्ध सशक्त आन्दोलनको आवश्यकता रहेको उनले बताए। गणतन्त्र, संघीयतालाई नै धरापमा पार्ने काममा प्रधानमन्त्री ओली उद्दत रहेको उनको आरोप छ। ”शाकाहारी आन्दोलनले पुग्ने देखिँदैन, तपाईंहरूको टाउको बचाउनका लागि म आफ्नो टाउको फुटाउन तयार छु” उनले भने। उनले आक्रोशित भाषामा भने ”म मर्छु तर कुन पनि हालतमा के पी ओली सामु झुक्दिन”।

[ref-annapurna]

अन्तमा यो पनि हेर्नुहोस है

बाबुराम भट्टराईको भारत प्रतिको यो गहिरो माया

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *