The Mirror
माओबादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई कुनै पार्टीसँग गठबन्धन, सहकार्य नगरी प्रधानमन्त्री बन्न चुनौती दिएका छन।
प्रतिनिधिसभाको बैठकमा शनिबार बोल्दै प्रचण्डले विगतमा माओवादीको सहयोग र मतले ओली प्रधानमन्त्री बनेको भन्दै आगामी निर्वाचनबाट एक्लै एमालेबाट प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन।
उनले एमाले अध्यक्ष ओली दुईपल्ट माओवादीको सहयोगमा प्रधानमन्त्री बनेको बताए।
प्रचण्डले भने, ‘हाम्रो प्रतिपक्षी दलको नेता जसलाई मैले नै सहयोग गरेर, माओवादीकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो, एक्लै भएको छु भन्ने ठान्नुभयो भने त्यो भ्रम हटाइदिनुस्, तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन, पहिलो चोटी पनि माओवादी केन्द्रको तपाईंको भाषामा वैशाखी टेकेर, हुनुभएको हो, दोस्रोपटक हाम्रो पनि भोट लिएर हुनुभएको हो, अब भएर देखाउनुस् त, अबको चुनावबाट प्रधानमन्त्री बनेर देखाउनुस् तपाईंलाई मानिन्छ, तपाईं एमालेको हुनुहोला’।
उनले ओली प्रति इंगित गर्दै भने, ‘स्थानीय तहको निर्वाचन पछि त आत्मसमीक्षा गर्नुहुन्छ, देशको स्थायित्व, कम्युनिस्ट आन्दोलनको निम्ती तत्पर रहनुहोला भन्ने लागेको थियो तर तपाईबाट त्यो भएन’।
[ref-ekantipur]
अन्तमा यो पनि…