Gachhadar

‘मेरो ५ दशकको राजनीतिक जीवन ध्वस्त पार्ने षड्यन्त्र भईहेको छ’:-गच्छदार

Breaking News National News News

The Mirror Desk

बुधबार तीनकुनेको एक होटेलमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस उपसभापति विजय गच्छदारले आफ्नो ५ दशकको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्वक रुपमा आफुलाई फसाउने कोसिस भईरहेको बताएका छन।

उक्त कार्यक्रममा उनले आफू निर्दोष भएको भएपनि आफूलाई तत्कालीन सरकारले राजनीतिक प्रतिशोधका आधारमा फसाउने उद्धेश्यले मुद्दा चलाएको समेत दाबी गरे।

नेता गच्छदारले संवैधानिक आयोगहरु राजनीतिक प्रभावमा पर्दा निर्दोष व्यक्तिहरु फन्दामा पर्ने र दोषीहरु छुट्ने गरेको समेत बताए।

उनले असन्तुस्टी जनाउदै गच्छदारले भन्ने, ‘ममाथि लगाइएका आरोपका साथ संलग्न प्रमाण कागजातहरु अध्ययन गरिएमा मेरोविरुद्ध लगाइएका आरोपहरु झूटा हुन् भन्ने प्रमाणित हुन्छ तरपनि ममाथि छानबिन र अध्ययनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र छ’।

‘तर पनि दूषित उद्धेश्यले खुला किताब सरह रहेको मेरो राजनीतिक जीवन ध्वस्त पार्ने प्रयास भैरहेको छ’, उनले भने।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदार बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि लामो समय सक्रिय राजनीतिबाट गुमनाम भएका थिए र गत ३० असारमा विशेष अदालतबाट १० लाख धरौटीमा छुटेका थिए।

[ref-kantipur]

अन्तमा यो पनि
MCC ठिक छ, पारित गरेर देखाईदिन्छौ- झाक्री

Video – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *