Extreme levels of flood danger were announced in Melamchi

मेलम्चीमा भिषण बाढी पहिरो, व्यापक क्षति,घरहरु सहित प्रहरी र आर्मी क्याम्प बगायो [तस्बिर सहित]

Breaking News National News News

The Mirror Desk

मेलम्ची क्षेत्रमा आएको भिषण बाढी पहिरोका कारण व्यापक क्षति, भएको प्रारम्भिक विवरण आएको छ। कयौं घरहरु सहित सशस्त्र, नेपाल प्रहरी र आर्मी क्याम्प बगाएको जानकारी प्राप्त भएको छ।

मेलम्ची खानेपानिको मुहान रहेको नदीमा खसेको पहिरोले नदीको प्रवाह रोकिदा आएको बाढीले मेलम्ची बजारदेखि माथि रहेका क्षेत्रहरुमा व्यापक क्षति पुगेको छ।

मेलम्ची र इन्द्रावति नदीमा आएको बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारका घरहरूमा धेरै क्षति पुगेको छ। मेलम्ची बजार बगरमा परिणत भएको छ भने तटिय क्षेत्रमा रहेका मानव वस्ति, कृषि फार्म लगायतका संरचनाहरुमा क्षति पुगेको छ।

यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुलमा क्षति पुगेको छ। मेलम्ची खानेपानिका कामदारहरु र केही स्थानमा मानिसहरु हराईरहेको आशंका गरिएको छ।

मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ।

राती १० बजेसम्म बाढीले मेलम्ची खानेपानीको ड्याम वा सुरुङलाई कुनै क्षति पुगेको जानकारी प्राप्त नभएको मेलम्ची परियोजनामा कार्यरत निमेश रेग्मीले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बुमा रहेको प्रहरी कार्यालय र अम्बाथानको सशस्त्र प्रहरीको क्याम्प पनि बाढीले बगाएको छ।

हेर्नुहोस केहि तस्बिरहरु

[ref-natnl media]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *