uml leader bhim rawal

‘मैले दिने होइन,मैले केपी ओलीको स्पष्टीकरण लिन्छु’:- भिम रावल

National News News

The Mirror Desk,

काठमाडौँ, ‘नेपाल-खनाल’ समूहको विद्यार्थीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एमाले नेता भिम रावलले अध्यक्ष के पी शर्मा ओलीले आफूहरूलाई स्पष्टीकरण सोध्नु लाजमर्दो र नसुहाउदो भएको बताएका छन्। उनले स्पष्टीकरण आफूहरूले नभई पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताए। उनले आक्रोशित हुदै भने, ‘अब हाम्रो समूह अथवा मैले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्ने बेला आएको छ’।

उनले भने, ‘नेपाली जनताले केपी शर्मा ओलीलाई तपाईंले प्रतिनिधि सभा विघटन किन गर्नुभयो, आफ्नो विधान मिचेर मनपरी किन गर्नुभयो, तपाईंले पहिल्यै असमान सन्धि सम्झौताहरू र एमसिसी जस्ता अनेकौं वितण्डाहरू अगाडि किन सार्नुभयो, तपाईंले नागरिकता विधेयकलाई प्रतिनिधि सभाबाट किन पारित गर्न दिनुभएन, तपाईंले नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरीतका काम किन गर्नुभयो, भनेर हामीले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ र हामी सोध्ने छौ’।

उनले प्रधानममन्त्री माथि आरोप लगाए, ‘अहिले सम्म पार्टीमा कुनै योगदान नभएका, पार्टी सदस्य नै नभएका व्यक्तिहरूलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने, राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने र नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानलाई कुल्चिएर संशोधन गर्ने अधिकार अध्यक्ष ओलीलाई कहाँबाट आयो’।

[ref-setopati]

अन्तमा यो महत्त्वपूर्ण भिडियो पनि हेर्नुहोस

जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’

उनले बोलेको कुरा यो भिडियोमा

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *