ramkumari jhakri uml leader

‘मैले पार्टी छाड़दिन, यदि ओलीले पार्टीबाट निस्कासन गरे भने अदालत जान्छु’:- झाँक्री

National News News

The Mirror Desk

एमालेकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले पार्टीले कारबाही गरे अदालत जाने बताएकी छन्। उनले भनिन, ”मैले पार्टी छाड़दिन, यदि ओलीले पार्टीबाट निस्कासन गरे भने अदालत जान्छु, प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम पनि हामीले अदालतबाट नै बदर गराएका हौं’।

झाक्रीले भनिन, ‘ओलीले संसद विघटन गर्दा हामी त्यसविरुद्ध अदालत गएर निर्णय सँच्याएको हो, अहिले आफूहरुमाथि कारबाही गरे त्यसविरुद्ध पनि अदालत जान्छौ, हामी एमालेभित्रै रहेर संघर्ष गर्छौं, उहाँहरु त हामीले छोडेर जाउन् भन्ने चाहनुभएको छ, तर हामी एमालेभित्रै संघर्ष गर्छौं’।

उनले थपिन, ‘अर्को दल दर्ता गर्ने वा दल त्याग गर्ने आफूहरुको कुनै योजना वा मनसाय समेत नरहेको समेत उनले बताइन्। ‘हामी लडिरहन्छौं, फेरि लड्छौं, भुइँमा पछारिए पनि उठेर धुलो टक्टक्याएर फेरि लड्छौं’।

प्रधानमन्त्रीको निकै तिखो आलोचना गर्ने उनले अहिले केहि संबेदनशील जस्तो देखिएकी छन्।

यसैबीच, पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनालसहित २७ संसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई आजै स्पष्टीकरण सोधेको छ।

[ref-kalapani post]

MCC Is Fine, We Will Pass It:- Jhakri

Please, Watch This Video…

“ What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond ”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *