मोदीलाई प्रचण्डको आग्रह, ‘खोप दिनुभयो धन्यवाद, अब हाम्रो आन्दोलनलाई समर्थन गर्नुस’

National News News

The Mirror Desk,

काठमाडौँ, भारतले नेपाललाई लाखौं डोज कोरोन भाइरसको खोप उपलब्ध गराएकोमा प्रचण्ड-नेपाल’ समूहका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्। साथै उनले आफुले गरिरहेको आन्दोलनलाई समर्थन गर्न पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिनम्र अनुरोध गरेका छन्।

प्रचण्डले दुई महिनायता संसद विघटनविरुद्ध आन्दोलनका क्रममा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएका छन्। लोकतान्त्रिक देशहरुले नेपालमा आफुले गरिरहेको आन्दोलनलाई समर्थन गर्ने उनको दाबी छ। गत माघ २८ गते काठमाडौंमा आयोजित आमसभाबाटै प्रचण्डले भनेका थिए, ‘सबै अन्तर्राष्ट्रिय हाम्रा मित्रदेशहरु, खासगरी हाम्रा छिमेकी, संसारकै सबभन्दा ठूलो हाम्रो लोकतन्त्र भन्ने छिमेकीबाट यो बेलामा हामीले सबै संसारभरिका लोकतान्त्रिक मूल्य मान्यता राख्नेहरुबाट सहयोग र सदभाव चाहेका छौं । दायाँ–बायाँ हुने छैन भन्ने भरोसामा छौं हामी’।

उनले भने, ‘अहिले हेर्नुभयो भने हाम्रो केपीजीले जे गरिरहनुभएको छ, त्यो उहाँको बाटो भनेको केशरजंग रायमाझीकै बाटो हो, उहाँको राष्ट्रवाद भनेको पनि त्यही सामन्ती राष्ट्रवादकै एउटा हिस्सा हो, सामन्ती राष्ट्रवादको गन्ध ह्वास्सै आउँछ केपीजीमा’। उनले थपे, ‘पहिलो कुरा संसद पुनस्र्थापना हुँदैन भन्नेतिर सोच्नै चाहन्न, हुन्छ भन्ने नै मेरो विश्वास छ, अहिलेसम्मको घटनाक्रमले त्यो कुरालाई पुष्टि गरि पनि राख्या छ, पहिलो कुरा त मैले त्यतापट्टि सोच्नै चाहेको छैन, अब तपाईंले यसरी सोध्नुहुन्छ भने, त्यस्तो चुनाव हुँदैन भन्ने छ मेरो, चुनाव हुँदैन’।

[ref-onlinekhabar]

अन्तमा यो भिडियो पनि हेर्नुहोस है…
महाप्रबन्धक गुरु भट्टराईको अश्लिल हर्कत

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *