The Mirror Desk,
काठमाडौँ, फ्रेबुअरी १ मा सैन्य शासन लागू गरेको म्यानमारको सैनिक निकट जुन्ता सरकारले सबै स्वतन्त्र पत्रिकाहरू बन्द गराएको छ। सेनाले लगातार मिडियामाथि हमला गर्दै गएको छ। यसअगाडि पनि सेनाले सैन्य ‘कू’ विरुद्ध गरिएको प्रदर्शनलाई कभर गरेको भन्दै भिन्न पत्रिका र मिडिया हाउसलाई बन्द गराएको थियो।
अहिले इन्टरनेटमा निकै कडाइ गरेसँगै त्यहाँका नागरिक विद्युतिय सञ्चारमाध्यमबाट बन्चित भएका छन्। सेनाले जारी प्रदर्शनलाई बिफल बनाउन फेसबुक, ट्वीटर र युट्युव जस्ता सामाजिक सञ्जालमा पनि कडाइ गरेको छ। मन्त्रालयले अखबार र अनलाइन पोर्टल मिडियाहरुले नैतिकता उल्लघंन गरेको र नियम पालन नगरेर अशान्ति मच्चाएको आरोप लगाएको छ।

अहिले त्यहाँ सेना समर्थित अनलाइन मिडिया र पत्रपत्रिका मात्रै सञ्चालनमा छन्। सेनाले रिपोर्टिङमा गएका विभिन्न देशका पत्रकारहरुमाथि अवरोध गर्ने, क्यामेरा खोस्ने, थुनामा राख्ने र पानीको फोहोरा प्रहार गर्ने गरेका कुरा अन्तरास्ट्रिय संचार माध्यमहरुले जनाएका छ।
फेसबुकले सेनाको आधिकारिक फेसबुक पेज र अकाउण्ट्स बन्द गरिदिएको छ। कम्पनीले सेनाले झुठो समाचार प्रकाशित गरेको आरोप लगाउदै सो कदम चालेको जनाएको छ।
[ref-Imedias]
अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस…
आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons