The Mirror Desk,
एएपिपी का अनुसार शुक्रबार म्यान्मारको यंगुन सहरनजिकै भएको प्रदर्शनमा सेनाले चलाएको गोली लागेर कम्तिमा ८० जना प्रदर्शनकारीकोको मृत्यु भएको छ। यो घटना संगै म्यानमारको सेनाले प्रदर्शनकारीमाथि क्रुर दमन अझै बढाउदै लागेको छ।
बागो भन्ने शहरमा भएको उक्त घटनामा ठ्याक्कै कति मानिस मारिए भन्ने विस्तृत विवरण आउन बाँकी छ। तर सुरक्षाकर्मीले लासहरूको चाङ लगाएर राखेको र मानिसहरूलाई प्रवेश निषेध गरेको छ। त्यसकारण अझै धेरै मानिसहरु मरेको हुनसक्ने अनुमान सजिलै गर्न सकिन्छ।
उक्त शहरमा बिहानैदेखि गोली हान्न सुरू गरिएको थियो भने अपरान्हसम्म यो क्रम जारी थियो।सेनाको अत्याधिक दमनबाट आत्तिएका मानिसहरुले गाउँ र शहर छोड्न थालेका छन्।
सैनिक ‘कू’पछि सुरक्षाकर्मीको हातबाट ६१८ जना नागरिकको मृत्यु भइसकेको छ। तर सेनाले भने अहिलेसम्म २४८ जना सर्वसाधारण र १६ जना प्रहरीको मृत्यु भएको बताएको छ।
यसैबीच सैनिक ‘कू’ को विरोधमा रहेका आदिवासी विद्रोहीहरूको एक समूहले एउटा प्रहरी चौकीमा आक्रमण गरेको छ। उक्त आक्रमणमा परी १० जना प्रहरीहरू मारिएको सेनाको टेलिभिजनले उल्लेख गरेको छ।।
[ref-setopati]
At Last…
Please Watch This Video About Nepalese Maoist..
“ What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond ”- The Mirror Team
why the world is silence for this sad situation. please wake up and save myanmar.
pray for myanmar
Thank you so much for your valuable comment and support. Please stay with our site for updates around the country and the globe. Welcome your valuable comments and feedback