Aung San Suu Kyi

म्यान्मारकी नेत्री आङ सान सूकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्ष जेल

International News News

The MIrror

म्यान्मारको एउटा सैन्य अदालतले गोप्य सुनुवाइपछि नेत्री आङ सान सूकी लाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।

सन् २०२१ मा भएको सैन्य ‘कू’ मा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छन।

सेनाले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको भएपनि उनले सबै आरोपहरूको अस्वीकार गरेकी छन्। सबै अधिकारकर्मीहरू अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँछन।

राजधानीस्थित एउटा सैन्य अदालतमा भएको सुनुवाइ नागरिक उपस्थिति नहुने गरी बन्द ढोकाभित्र भएको थियो र सूकिका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो।

बुधवार अदालतले उनलाई म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुनका पूर्वप्रमुखसँग छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको मुद्दामा दोषी ठहर गरेको हो।

उनलाई पाँच वर्षको जेल सजाय तोकिएको छ भने यो सजायपछि उनको कूल जेल बस्नुपर्ने समय ११ वर्ष पुगेको छ।

गत डिसेम्बरमा उनलाई कोभिड नियम तोडेको मुद्दामा र ज्यानुअरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो।

सूकी माथि अझै १० अन्य भ्रष्टाचारका मुद्दाहरू छन् र ती प्रत्येकमा उनलाई अधिकतम १५ वर्षको जेल सजाय हुन सक्छ। उनीमाथि चुनावमा धाँधली गरेको र राज्यको गोप्य सूचना चुहाएको मुद्दा पनि छ।

उनका समर्थकले उनलाई जीवनभर जेल हाल्नका लागि सैन्य शासकले उनीमाथि गलत मुद्दा लगाएको विश्वास गर्छन। म्यान्मारको सैन्य शासकले भने सूकीले निष्पक्ष सुनुवाइ पाएको दाबी गर्छ।

सबै मुद्दामा दोषी ठहरिए उनलाई १९० वर्षसम्म जेल सजाय हुनसक्ने आकलन गरिएको छ।

संयुक्त राष्ट्रसङ्घ र अन्य अधिकार समूहले अदालती कारबाहीलाई नाटक बताएका छन्।

[ref-bbc]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *