prachanda

‘म अर्को मदन भण्डारी हुँ’:- प्रचण्ड

National News News

The Mirror Desk,

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्डले आफु नेपालको कम्युनिष्ट आन्दोलनमा अर्को मदन भण्डारी भएर जन्मेको बताएका छन्। उनले एमालेका नेता कार्यकर्ताले नै पार्टीमा अर्को मदन भण्डारी जन्मियो भन्दै उत्साहित भएको दाबी गरे।

उनले एमालेका नेता कार्यकर्ताले नै आफुलाई, ‘कमरेड तपाईँले पार्टी चलाएको देखियो, अर्को मदन भण्डारी भेटियो’ भनेको पनि बताए। उनले भने, ‘ पार्टीमा हाम्रो यस्तो कमाण्ड देखेपछि के पी ओली अत्तालिएर षड्यन्त्र सुरू गरे’।

उनले थपे, ‘एमालको एउटा पक्षसँग हाम्रो मोर्चा छदैछ, हाम्रो पुरानो लभ छँदैछ, जसपा र काँग्रेससँग कम्तिमा सरकार गठनमा सहकार्य र चुनावी तालमेल हुनसक्छ, अनि ओली चौथो हुन्छन् र विघटनतर्फ जान्छन’।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू पार्टीमा बलियो हुँदै गएपछि ओलीले प्रतिक्रान्तिकारीहरुसँग मिलेर आफु बिरुद्ध षड्यन्त्र गरेको आरोप लगाए।

[ref-purbakhabar]

Please, Watch This Video Too

A New Way Of Corruption…

Video Credit – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *