I will contest the election together with UML, otherwise I will retire from politics

‘म एमालेसंगै मिलेर चुनाव लड्छु नत्र राजनीतिबाट नै सन्यास लिन्छु’:- दीपक मनाङे

National News News

The Mirror Desk

अहिले गण्डकी प्रदेशमा चर्चित नाम हो दिपक मनाङे। दीपक मनाङेले भौतिक पूर्वाधार मन्त्रालय आफुलाई दिन मुख्यमन्त्री संग माग गरेका थिए। मुख्यमन्त्री कष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीपरिषद् विस्तार गर्दा उनलाई विना विभागीय मन्त्रीमा राखे।

मनाङेकै कारण मुख्यमन्त्री कष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा चुनाव जितेका थिए। उनले सुरुमा गृहमन्त्रालयको माग गरेको भएपनि उनले आफ्नो दावी अब भौतिक पूर्वाधार मन्त्रालयमा रहेको बताएका छन।

मनाङमा फेरी पनि एमालेसंगै मिलेर चुनावमा जाने आफ्नो योजना रहेको पनि उनले बताए। यदि त्यो भएन भने आफुले राजनितिबाट सन्यास लिने दाबी समेत गरे।

गण्डकी प्रदेशमा प्रहरी प्रशासनले निकै राम्रो काम गरेकाले आफुलाई गृहमन्त्रालयमा काम गर्न आवश्यक नभएको समेत उनले बताए।

उनले एक अन्तरवार्ताका क्रममा भनेका छन, ‘अहिले ७ वटा जिल्लाहरु बाढी पहिरोबाट निकै प्रभावित भएका छन, मलाई त्यस क्षेत्रको निकै चिन्ता लागेको छ, यदि म आफै भौतिक पूर्वाधार मन्त्री हुनु र त्यो मन्त्रालयको नेतृत्व गर्नु एकदमै महत्वपूर्ण छ’।

उनले थपे, ‘मैले त मनाङको विकास हेर्ने हो, मलाई जिताउनमा पनि कसैको योगदान छैन, आफ्नो जिल्लामा बजेटको ओइरो हाल्ने तर मनाङजस्तो सडक समेत नभएको जिल्लामा बजेट नदिने, मैले यिनिहरूलाई नमस्ते गरेर बस्ने होइन’।

पूर्व मुख्य मन्त्री पृथ्वीसुब्बाले मनाङको विकासमा ध्यान नदिएकाले उनलाई मुख्यमन्त्रीवाट हटाउनका लागि मात्र आफुले अहिले पोखरेललाई साथ दिएको पनि उनले बताए।

एकदमै अपराधिक पृष्ठभूमि रहेका मनांगे अहिले सबैको राजनीतिक गुरु र आदर्शको केन्द्रबिन्दु भएका छन्। यसबाट हाम्रो राजनीतिक कति अपराधीकरण भएको रहेछ भन्ने कुरा स्पस्ट भएको छ।

[ref-khabar patrika]

अन्तमा यो भिडियो पनि हेर्नुहोस..

बाबुराम भट्टाराईले राजतन्त्रको बारेमा के भने?

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *