The Mirror Desk,
काठमाडौँ, नेकपा एमालेको कलह उचाइमा पुगेको छ। दुवै समूह आ-आफ्ना कार्यक्रममा ब्यस्त छन। एक अर्कालाई पार्टीलाई फुटाउन लागि परेको आरोप लगाइरहेका छन।
यसै बीच प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब ‘नेपाल-खनाल’ समुहका नेतासंग कुनै पनि प्रकारको डिल नहुने प्रष्ट पारेका छन्। पार्टीको नाममा गुटको भेला गरेबापत मुख्य व्यक्तिबाट कारवाही शुरु गर्ने समेत उनले कडा चेतावनी दिएका छन्।
प्रधानमन्त्रीले प्रस्ट रुपमा भनेका छन, ‘सबैले सुने हुन्छ, गुटसँग म डिल गर्दिन,पार्टीका कार्यकर्ता आ-आफ्ना ठाउँमा बस्नुपर्छ, गुटको दलबल लिएर आउन पाइदैन, पार्टीका नाममा जुन भेला गरिएको हो, कारवाही योग्य विषय हो, अब कारवाही पनि गुटलाई होइन व्यक्तिलाई हुन्छ, जो मुख्य दोषी हो त्यहाँबाट शुरु हुन्छ’।
उनले माधव नेपाल र झलनाथ खनाल अहिले एमाले नभएको समेत बताएका छन्। ओलीले आफ्नो गुटको भेला र विगतमा आफूलाई कारवाही गरेबापत माफी मागेर आएको खण्डमा स्थान दिन सकिने बताए।
फरक प्रसंगमा प्रधानमन्त्रीले ‘नेपाल-खनाल’ समुहलाई फुटेर प्रचण्डसँग जान कानुनी समस्या परेको हो भने अध्यादेश वा विधेयक ल्याइदिएर सहयोग गर्ने समेत बताए।
ओलीले भने, ‘फुटेर जान समस्या परेको हो भने मसँग निवेदन हाले हुन्छ, अध्यादेश विधेयक केही गरेर जान दिउँला, पार्टी भनेको स्वेच्छाले बस्ने हो, करकाप गरेर बस्ने होइन, म लोकतान्त्रिक मान्छे हुँ, बँधुवा बनाएर राख्दिन, ओलीले ‘नेपाल-खनाल’ समुहको भेलामा गएका सबैमाथि कारवाही नहुने भन्दै केहि मानिस आफूले त्यहाँ पठाएको समेत दावी गरे।
[ref-Khabarbani]
अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस…
आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons