The Mirror Desk
काठमाडौँ, रामकुमारी झाँक्री एक युबा नेत्री हुन् जो सधै आफ्नै पार्टी र नेताहरुको लगातार रुपमा तिखो आलोचना मै ब्यस्त हुन्छिन। कतिपयले त उनलाई प्रधानमन्त्री के पी ओलीले मन्त्रि पद नदिएको कारण उनि बारम्बार प्रधानमन्त्री, सरकार र उनको समूह बिरुद्ध हात धोएर लागेकी छन् भनेर टिप्पणी समेत गरेको सुनिन्छ।
नेत्री रामकुमारी झाँक्रीले शनिबार सामाजिक सञ्जाल ‘टिकटक’ मा लाइभ भिडियो मार्फत् भावुक हुँदै आफू जतिबेला पनि मारिने सक्ने बताएकी छिन्। उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर देशलाई बर्बाद बनाएको समेत गम्भीर आरोप लगाइन।
उनले प्रधानमन्त्री र रास्ट्रपति प्रति संकेत गर्दै जनताका प्रतिनिधिहरु नै राजाभन्दा निरंकुश र तानसाहा देखिएको बताईन। संबिधानको अपहरण गर्नेहरुलाई बालुवाटार र शितल निवासबाट निकाल्ने दिन छिट्टै आउने भन्दै त्यो बेलासम्म आफू नहुन पनि सक्ने बताइन।
प्रधानमन्त्री केपी ओलीले अरुलाई मान्छे नै नगन्ने र आफुनै सबैथोक भएको मान्ने भएका कारण पार्टी र सरकार को यो अवस्था भएको बताईन। यी दुबैको निरंकुशता एक महिनामै सकिने दाबी पनि उनले गरेकी छन।
[ref-s.samachhar]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020